अमेरिकी कारमा आयात शुल्क घटाउन चीन तयारः ट्रम्प

Dec 04, 2018 Merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन अमेरिकाबाट आयातित कारमा लगाउदै आएको आयात शुल्क कम गर्न र हटाउनका लागि तयार भएको बताएका छन् । राष्ट्रपति ट्रम्पले एक ट्वीट मार्फत उक्त कुराको जानकारी गराएका हुन् ।

यद्यपी चीनले आयात शुल्क कति घटाउछ भन्ने बारेमा ट्रम्पले अन्य थप जानकारी भने गराएका छैनन । अमेरिकाबाट आयात हुने कारमा चीनले हाल ४० प्रतिशत आयात शुल्क लगाउदै आइरहेको छ ।

चीनले भने ट्रम्पको यस अभिव्यक्तिमा अहिलेसम्म टिप्पणी गरिसकेको छैन ।

शनिवार मात्रै ट्रम्प र चिनियाँ राष्ट्रपति सि चिनफिङले वार्ताको लागि सहज वातावरण बनाउन ९० दिनका लागि आयात महसुल नबढाउने सहमति गरेका थिए ।

अर्जेन्टिनामा जी–२० शिखर सम्मेलनका क्रममा ट्रम्प र सि चिनफिङ बीच भेटवार्ता भएको थियो ।

केही समयदेखि दुवै पक्षले एक अर्काका सामग्रीमा अर्बाै डलरको व्यापार शुल्क लगाएका छन् । जुलाईदेखि

अमेरिकाले २५० अर्ब डलरका चिनियाँ सामग्रीमा भन्सार लगाएको छ भने चीनले पनि त्यसको बदलामा ११० अर्ब डलरका अमेरिकी सामानमा भन्सार लगाएको छ ।

चीनले जनवरी १ पछि कुनै पनि नयाँ भन्सार नलगाउने विषयमा सहमति भएको जनाएको थियो ।

ट्रम्पले अर्जेन्टिनामा हुने वार्ता असफल भएमा बाँकी रहेका २६७ अर्ब डलरका चिनियाँ सामग्रीमा १० देखि २५ प्रतिशत सम्मको भन्सार लगाउने चेतवानी दिँदै आएका छन् । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।