ग्लोबल आइएमई बैंकले घोषणा गर्यो बोनस, कति पुग्छ चुक्ता पूँजी ?

Dec 04, 2018 Merolagani

ग्लोबल आइएमई बैंक (GBIME) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । मंसिर १८ गते मंगलबार बसेको बैंक सञ्चालक समितिको ३०७ औं बैंठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १६ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले एक अर्ब ४२ करोड २१ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।

बैंकले अघिल्लो वर्ष १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरि कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ छ । १६ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पूँजी १० अर्ब ३१ करोड नाघ्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछ । ग्लोबल आइएमई बैंकले आ.व.२०७४/०७५ मा २ अर्ब १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

एक खर्ब १३ अर्ब निक्षेप, १ खर्ब ०२ अर्ब कर्जा लगानी रहेको ग्लोबल आइएमई बैंकको हाल १३२ वटा शाखाहरु, १५ वटा राजश्व संकलन काउण्टर, १४१ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा १०४ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय रहेका छन् ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । बैंकले भारत, अष्ट्रेलिय र बेलायतमा प्रतिनिध कार्यालय खोली कार्य गर्दै आएको छ ।

त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।