एनआईसी एशियामा सुधिरनाथ पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृतको जिम्वेवारी

Dec 04, 2018 Merolagani

एनआईसी एशिया बैंक लिमिटेड (NICA) को मंसिर १७ गते बसेको ३८० औं सञ्चालक समितिको बैठकले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गरेको छ।

पाण्डेले वि.सं. २०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंकबाट बैंकिङ्ग सेवामा प्रवेश गरेका थिए ।

नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले विभिन्न बैंकहरु तथा यस एनआईसी एशिया बैंकको विभिन्न विभागहरुमा लामो समय देखि विभागीय प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गरिसकेका छन् । 

नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेसँगै बैंकको दीर्घकालिन रणनीति तर्जुमा तथा सोको प्रभावकारी कार्यान्वयनमा उल्लेखनिय भूमिका निर्वाह गर्दै आएको बैंकले जनाएको छ ।

नायब प्रमुख कार्यकारी अधिकृत पाण्डले बुधबार नै पदभार ग्रहण गरेका बैंकका प्रमुख पब्लिक रिलेशनशिप अधिकृत तथा नायब प्रमुख सुचना अधिकृत अर्जुन राज खनियाँले जानकारी दिए ।

पदभार ग्रहण गर्दै नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेले “बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने बैंकको मूल नारालाई आत्मासाथ गर्दै समृद्घ नेपाल, सुखी नेपाली को राष्ट्रिय अभियानमा बैंकको तर्फबाट उल्लेखनिय योगदान पु¥याउने बताए ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा मुलुकभर करिब १४ लाख भन्दा बढि सेवाग्राहीहरुको बैंक बन्न सफल भएको छ । यसैगरी, जम्मा २६८ शाखा तथा २८१ एटीएम सहित देशकै सबैभन्दा बढी शाखा सञ्जालबाट बैंकले बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।