चौतारी लघुवित्तको आईपिओ खुल्यो, पाँच हजारको आवेदन नै काफी !

Dec 05, 2018 Merolagani

चौतारी लघुवित्त (CHAUTARI) ले मंसिर १९ गते (आज) देखि साधारण शेयर निष्काशन गरेको छ । लघुवित्त कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ५ करोड ६० लाख मूल्य बराबरको ५ लाख ६० हजार कित्ता आईपिओ निष्काशन गरेको हो ।

लघुवित्तले कूल ६ लाख कित्ता आईपिओ निष्काशन गरेको हो । जसमध्ये ९ हजार ३०० कित्ता संस्थाका कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर बाँकी रहेको ५ लाख ६० हजार ७०० कित्तामा लागि मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन गर्न पाउनेछन् ।

कम्पनीको आईपिओलाई इक्रा नेपालले आईपिओ ग्रेड ४ को रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउँदछ ।

लघुवित्त कम्पनीको आईपिओ निश्काशन तथा बिक्री प्रबन्धको एनआईबिएल एस क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि आश्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्थाबाट ७७ जिल्लाबाट तथा मेरो शेयर सफ्टवेयरको प्रयोग गरेर पनि आवेदन गर्न सक्नेछन् ।आईपीओ निष्कासन मंसिर २३ गते बन्द हुने बिक्री प्रवन्धकले जनाएको छ ।

लघुवित्तको आईपिओमा न्युनतम ५० र बढीमा तीन हजार कित्तासम्म आवेदन गर्न पाईने व्यवस्था रहेको छ । तर धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम प्रत्येक आवेदकलाई न्यूनतम दश कित्ता शेयर दमासहिले बाँडफाँड गर्नुपर्ने हुन्छ । यसो हुँदा दश कित्ता आईपिओ नै गोलाप्रथाबाट मुस्किलले प्राप्त गर्नुपर्ने भएकाले ५० कित्ता भन्दा बढी आवेदन गर्नु फाईदाजनक देखिन्न ।

आईपिओपछि  १८ करोड चुक्ता पूँजी पुग्ने

बुटवलमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले १०० रुपैयाँ अंकित दरका ५ लाख ६० हजार कित्ता साधारण शेयर निष्काशनका लागि गत भदौ २१ गते धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । हाल चौतारीको चुक्ता पूँजी १२ करोड ६० लाख रुपैयाँ रहेको छ । आईपिओपछि चुक्ता पूँजी १८ करोड पुग्नेछ ।

वि.सं. २०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको चौतारी लघुवित्त वित्तीय संस्थाले २०७२ सालमा राष्ट्र बैंकबाट ’घ’ वर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको थियो ।

लघुवित्तको कार्यक्षेत्र रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखाँची, पाल्पा, दाङ ,प्यूठान, रोल्पा र सल्यान गरी १५ जिल्लामा रहेको छ ।

५९ शाखा कार्यालय मार्फत विपन्न वर्गका महिलालाई समूहमा आबद्व गराएर लघुवित्तले सेवा प्रदान गर्दै आईरहेको छ ।

चालू आर्थिक वर्षको प्रथम त्रैमासमा ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तको खराब कर्जा अनुपात ०.४३ प्रतिशत छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।