बैंक अफ इंगल्याण्ड र त्यहाँका गभर्नरले विभिन्न अवसरमा ब्रेक्जिटको प्रभाव घटाउने प्रयास गरिरहेको बताउँदै आएका छन् ।
यद्यपि अहिलेसम्मको अवस्थाले भने बेलायतको अर्थतन्त्रमा ब्रेक्जिटको प्रभाव नकारात्मक देखिएको छ ।
केन्द्रीय बैङ्कका अधिकारीहरूले ब्रेक्जिटपछि खाद्य सामग्रीमा लाग्न सक्ने अतिरिक्त शुल्क, कमजोर पाउण्ड तथा भन्सारका कारण बेलायतमा खाद्यान्नको मूल्य बढ्न सक्ने बताएका छन् ।
विश्व व्यापार संगठनको नियम अनुसार बेलायतको सामानमा व्यापारिक कर लगाइनेछ । जस अनुसार खनिज इन्धन र औषधीजन्य सामानमा कर नलाग्ने, प्रशोधित खाद्यान्नमा २०–३५ प्रतिशत र मासुजन्य पदार्थमा ४५–५० प्रतिशतसम्म कर लगाइनेछ । बीबीसी