सस्तोमा शेयर उठाउने सक्रिय हुँदा सुध्रियो बजार, ३७ करोडको कारोबार

Dec 06, 2018 Merolagani

वाणिज्य बैंकहरुले ब्याजदर बढाउन थालेको बेला शेयर बजारमा भारी गिरावट आइरहेको बेला सस्तोमा शेयर उठाउनेहरु सक्रिय बन्दा साताको अन्तिम दिन बिहीबार शेयर बजार परिसूचक नेप्से २.७० को अंकले सुधारिएको छ ।

अर्कोतर्फ बुधबार २२ अंकले घटेको नेप्से सरकारले पूँजी बजारमा देखा परेको समस्याहरु सुल्झाउनका लागि डेपुटी गर्भनरको अध्यक्षतामा कार्यदल गठन गरेपछि लगानीकर्ताको मनोबल उठ्दा बजारले सकारात्मक दिशा लिएको हो । यस दिन मा लगानीकर्ताले साना तथा मझौला कम्पनीमा शेयरमूल्य बढेको छ।

बिहीबार नेप्से २.७० को झिनो अंकले बजारमा सुधार हुँदा ११२०.८४ बिन्दुमा उक्लेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स पनि ०.५४ अंक बढेर २३८.३३ अंकमा पुगेको छ ।

कूल कारोबारमा आएका १६२ कम्पनीका १३ लाख ७४ हजार ३४६ कित्ता शेयर ३७ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भयो । बुधबार पनि ३७ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

आठ उप-सूचक सकारात्मक

यस दिन कारोबारमा आएका दश उप सूचक आठ सकारात्मक रह्यो भने दुई सूचकमा गिरावट देखियो । सबैभन्दा धेरै जीवन बीमा कम्पनीको ४४.०७ अंकले सकारात्मक बनेको छ । यस्तै निर्जीवन बीमा ३५.५९, विकास बैंक ३.३१ र वाणिज्य बैंक २.५५ अंकले बढेको छ ।

यस दिन हाइड्रोपावरको सूचक सबैभन्दा धेरै ९.८१ अंकले घटेको छ भने उत्पादन तथा प्रशोधन उप समूहको सूचक पनि २.६२ अंकले नकारात्मक बनेको छ ।

 

एनएमबि बैंकको उच्च काराेबार 

बिहीबार एनएमबि बैंकको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । बैंकको एक लाख २६ हजार ५४३ कित्ता शेयर ४ करोड ४६ लाख रुपैयाँको बराबरको कारोबार भएको हो । नेपाल बैंकको ३ करोड ३२ लाख रुपैयाँ र ग्लोबल आईएमई बैंकको एक करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै माच्छापुछ्रे बैंकको संस्थापक शेयर सबैभन्दा धेरै एक लाख २८ हजार ८८१ कित्ता शेयर एक करोड ६७ लाखमा कारोबार भएको छ । प्रभु बैंकको पनि एक करोड ६० लाख रुपैयाँ बराबरको किनबेच भए ।

नेपाल लाइफ इन्स्योरेन्स र सानिमा बैंकको पनि एक करोड भन्दा बढीको कारोबार भएको छ भने अन्य कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन ।

कालिका लघुवित्तकाे शेयरमूल्यमा लाभांशकाे ऋणात्मक असर

आजै मात्र गत आर्थिक वर्षको नाफाबाट ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको कालिका लघुवित्तको शेयरधनीहरुले भने सबैभन्दा धेरै ७.४२ प्रतिशतले घटेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत कम लाभांश प्रस्ताव गरेपछि उच्च दरमा शेयरमूल्य घटेको हो ।

यस्तै महिला सहयात्रा माइक्रोफाइनान्सको ५.६८ प्रतिशत, युनाईटेड मोदी हाइड्रोपावरको ४.५१ र काबेली विकास बैंकको ४.४२ प्रतिशतले शेयरमूल्य घटेको छ । रैराङ्ग हाइड्रोपावर, आरम्भ माइक्रोफाइनान्स, राधी विद्युत कम्पनीको शेयरधनीहरुले ३ प्रतिशत हराहारीले गुमाएका छन् ।

हिमालयन डिस्टिलरी, चिलिमे जलविद्युत र नेशनल माइक्रोफाइनान्सको शेयर मूल्य २ प्रतिशत भन्दा बढीले घटेको छ ।

 

यता बिहीबारको बजारमा आईएमइ जनरल इन्स्योरेन्सको शेयरधनीले सबैभन्दा बढी ७.३० प्रतिशत नाफा आर्जन गरेका छन् । यस्तै अपि हाइड्रोपावरको ५.६७, सूर्या लाइफ इन्स्योरेन्सको ३.९३, पोखरा फाइनान्सको शेयरमूल्य ३.९१ प्रतिशतले बढेको छ ।

गुराँस लाईफ, विजय लघुवित्त, प्राइम लाईफ, नाडेप लघुवित्तको शेयर मूल्य पनि ३ प्रतिशत बढी बढेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।