ब्याज अनुदानको सहुलियत कर्जा सीसीडीमा गणना नहुने

Dec 08, 2018 Merolagani

ब्याज अनुदानमा प्रदान गरिएको सहुलियतपूर्ण कर्जा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा–पूँजी–निक्षेप (सीसीडी) अनुपातमा गणना गर्न नपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

लगानी योग्य रकमको अभाव मmेलिरहेका बैंकहरु तथा समग्र बैकिंङ प्रणालीलाई यो यो व्यवस्थाले केही राहत मिल्ने अनुमान गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार ‘सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बमोजिम प्रवाहित कर्जालाई सीसीडीबाट घटाउन सकिने छ । अहिले सीसीडी अनुपात ८० प्रतिशत कायम छ ।

नयाँ व्यवस्थाले विशेष गरी ब्याज अनुदानमा कर्जा प्रवाह गरेका र सीसीडी अनुपात ८० प्रतिशत हाराहारी भएका संस्थाहरूलाई तत्काल राहत मिल्ने देखिएको हो ।

पूँजी अभावको समस्या भोगिरहेको संस्थालाई तत्कालै केही राहत मिलोस् र दीर्घकालमा प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा विस्तार होस् भनेरे यस्तो छूट दिएको केन्द्रीय बैंकले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।