भ्रष्टाचारविरुद्ध सरकार निर्मम ढङ्गले प्रस्तुत हुन्छ -प्रधानमन्त्री

Dec 09, 2018 Merolagani

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको शून्य सहनशीलताप्रति सरकार प्रभावकारी र निर्मम ढङ्गले अघि बढ्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अतिख्यार दुरुपयोग अनुसन्धान आयोगद्वारा आयोजित कार्यक्रममा बाेल्दै प्रधानमन्त्रीले भ्रष्टाचारले नै मानिसलाई झुटो, बेइमान र अविश्वसनीय बनाएको हुँदा त्यसलाई परित्याग गर्न सबैसँग आह्वान गरे ।

प्रधानमन्त्री ओलीले भने,“अचम्मलाग्दो कुरा छ, असहमत कोही पनि छैन, भ्रष्टाचार हुनुपर्छ कसैले भन्दैनन्, गर्छु पनि कसैले भन्दैन, सबैले शून्य सहनशीलताको कुरा गर्छन्, भ्रष्टाचार गर्न हुँदैन, नगर्ने नै भन्छन् तर थामी नसक्नु, रोकी नसक्नु भ्रष्टाचार भएको भइछ, भनेपछि यो कति डरलाग्दो छ ।”

समृद्ध, सम्भ्रान्त र सुसङ्गत समाज निर्माणको परिकल्पना र प्रयासमा भ्रष्टाचारले निकै ठूलो बाधा पु¥याइरहेको प्रधानमन्त्रीकाे भनार्इ थियाे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।