अपि पावरले बोनस शेयर वितरण गर्ने

Dec 10, 2018 Merolagani

अपि पावर कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयर धनीलाई चुक्ता पूँजीको पाँच प्रतिशत शेयर लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले बाेनसमा लाग्ने कर वापतकाे नगद लाभांश प्रस्ताव नगरेकाले शेयरधनी अाफैँले बाेनसमा लाग्ने कर तिर्नुपर्नेछ ।

कम्पनी निर्माण गरिरहेको आठ मेगावाट क्षमताको अप्पर नौगाड साना जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।

कम्पनीले आगामी चैत १५ गतेदेखि विद्युत् उत्पादन शुरु गर्ने तयारी गरेको कम्पनीका कार्यकारी सञ्चालक सञ्जीव न्यौपानेले जानकारी दिए ।

आयोजनाबाट उत्पादित विद्युत् बलाँच सवस्टेशनमा जोडिनेछ । अपि पावर कम्पनीले निर्माण गरेको सो आयोजनामा नेपाल एसबिआइ बैंक र प्रभु बैंक लिमिटेडको संयुक्त लगानी रहेको छ । कम्पनीले यसअघि आठ दशमलव पाँच मेगावाट क्षमताको नौगाड जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।

कम्पनीले यो आयोजना निर्माणपश्चात् ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको निर्माण शुरु गर्ने तयारी गरेको जनाएको छ । यस्तै कम्पनीले १४ मेगावाट क्षमताका सोलार आयोजनाको निर्माण शुरु गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।