सिटिजन्स् बैंककाे लाभांश घोषणा

Dec 12, 2018 Merolagani

सिटिजन्स् बैंक (CZBIL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको मंसिर २५ गते मंगलबार बसेको २८२ औं बैंठकले बोनस र नगद गरि कूल ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले शेयरधनीलाई १६ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद वितरण गरेको थियो ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई असार मसान्तसम्म कायम चुक्ता पूँजी आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० रुपैयाँको ३.६२८ प्रतिशत बोनस शेयर (२९ करोड १४ लाख ४५ हजार ७७३ रुपैयाँ) र १.६३५ प्रतिशत नगद लाभांश (१३ करोड १३ लाख ५६ हजार १४३ रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरेको हाे ।

बैंकले गत आर्थिक वर्षमा ९६ करोड ४९ लाख १२ हजार वितरणयोइग नाफा आर्जन गरेको थियो । यसबाट बैंकले बोनस र नगद गरि कूल ४२ करोड २८ लाख एक हजार ९१६ रुपैयाँ लाभांश बाँड्नेछ । बैंकको खुद नाफा भने एक अर्ब २७ करोड ३४ लाख रुपैयाँ रहेको थियो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीलाई वितरण हुनेछ ।

सिटिजन्स बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३४.३८ प्रतिशत धेरै अर्थात ४२ करोड ८८ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २१ रुपैयाँ २६ पैसा कायम गरेको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने ३४ करोड ३५ लाख रुपैयाँ रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।