वाइड बडी घोटाला बारे लेखा समितिले छानबिन गर्ने, उप समिति गठन

Dec 12, 2018 Merolagani

संसदको लेखा समितिले नेपाल वायु सेवा निगमको वाइड बडी जहाज खरिद प्रकरणमा भएको घोटाला छानबिन गर्ने भएको छ । जसका लागि समितिको बुधबारको बैठकले सात सदस्यीय उप-समिति गठन गरेको छ ।

सांसद राजन केसीको संयोजकत्वमा गठित समितिमा सांसदहरु कृष्णलाल महर्जन, चन्दा चौधरी, प्रेम आले, मिना सुब्बा र धर्मशिला चापागाई लगायत रहेका छन् ।

उप समितिलाई १५ दिन भित्र छानबिन प्रतिवेदन बुझाउन समय दिईएको छ ।

लेखा समितिका सभापति भरतकुमार साहले जहाज किन्दा ’प्रकृया मिचेको’ तथा ’अनियमितता गरेको’ शंका लागेकाले खरिद प्रकृया बारे विस्तृत विवरण लिन छानबिन समिति गठन गरिएको जानकारी दिए ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।