कञ्चन डेभलपेन्ट बैंकले लाभांश वितरण गर्न डाक्यो साधारण सभा

Dec 13, 2018 Merolagani

कञ्चन डेभलपेन्ट बैंक (KADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ११.२९ प्रतिशत लाभांश वितरण गर्नका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको नवौँ बार्षिक साधारण सभा पुस २१ गते शनिबार बिहान ११ः३० मा होटेल ओपेरा महेन्द्रनगर, कञ्चनपुरमा हुने भएको छ । 

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १२ गते बुक क्लोज गर्ने जनाएको छ । जसअनुसार पुस ११ गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

बैंकको चुक्ता पूँजी ५० करोड ६० लाख रुपैयाँ रहेको छ । बैंकले यहीँ पूँजीको ५ प्रतिशतका दरले हुन आउने २ करोड ५३ लाख रुपैयाँ बराबरको बोनश शेयर र ६.२९ का दरले हुने ३ करोड १८ लाख १४ हजार ७५० रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । बोनस शेयर पश्चात् बैंकको चुक्ता पूँजी ५३ करोड १३ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एक करोड १९ लाख खुद नाफा कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ४८ पैसा, प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात १८.७९ गुणा छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।