चिनियाँ अधिकारीहरुलाई अमेरिकी भिसामा रोक लगाइने

Dec 13, 2018 Merolagani

अमेरिकी संसदको उच्च सदन सिनेटमा चीनलाई लिएर एउटा महत्वपूर्ण बिल पारित गरिएको छ । यसमा चीनका ती अधिकारीहरुको भिसामाथि प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ, जसले अमेरिकी नागरिक, अधिकारीहरु र पत्रकारहरुलाई तिब्बत जानका लागि अनुमति दिदैनन् ।

अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभाबाट ‘द रेसिप्रोकल एक्सेस टू तिब्बत एक्ट’ बिल गत सेप्टेम्बर महिनामा नै पास भएको थियो ।

उक्त बिलमा अमेरिकी नागरिकहरु, पत्रकार र अधिकारीहरुलाई तिब्बतमा निर्बाध आवागमनको माग गरिएको छ । उक्त बिललाई अब ह्वाइट हाउस पठाइनेछ । राष्ट्रपति ट्रम्पको हस्ताक्षरपछि त्यो कानुन पारित हुने बताइएको छ ।

ट्रम्पले हस्ताक्षर गरेपछि चिनियाँ नागरिकहरुलाई अमेरिकामा जहाँ पनि आवतजावतका लागि पूरै छुट हुनेछ । यदि चीन आफ्ना पर्यटक, अधिकारी, पत्रकार र आम नागरिकलाई अमेरिकामा यि सबै सुविधा मिलोस् भन्ने चाहन्छ भने उसले पनि अमेरिकी नागरिकलाई तिब्बत समेत चीनमा यस्तै खालको छुट दिनुपर्नेछ । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।