आईपिओ ल्याउने तयारीमा रामदेवको पतञ्जली ग्रुप, यूनिलिभरलाई उछिन्ने दाबी

Dec 13, 2018 Merolagani

पतञ्जली ग्रुपले आगामी महिना इनिशियल पब्लिक अफर (आईपिओ) ल्याउन सक्ने बताइएको छ । पतञ्जलीका प्रमोटर योग गुरु रामदेवले बुधबार एक कार्यक्रमका बीच कम्पनीले आईपिओ जारी गर्ने संकेत दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

शेयर बजारमा कम्पनीको सूचीकरण गराउने प्रश्नमा रामदेवले एक महिनामा यस बारेमा केही महत्वपूर्ण जानकारी दिने बताएका छन् ।

रामदेवले सन् २०२० सम्म पतञ्जलीको लक्ष्य आफ्नो कम्पनीले यूनिलिभरजस्तो कम्पनीलाई पछाडि छोड्ने बताएका छन् । २०२५ सम्म पतञ्जली दुनियाँको सबैभन्दा ठूलो एफएमसीजी कम्पनी बन्न चाहन्छ ।

३१ मार्च २०१८ मा पतञ्जलीको उपभोग्य बस्तुको राजस्व १० प्रतिशतले घटेर ८ हजार १४८ करोड भारु रहेको थियो । सन् २०१३ पछि यो पहिलोपटक कम्पनीको आम्दानीमा गिरावट आएको हो ।

पतञ्जली आयुर्वेद विगत केही बर्षमा तीव्र गतिमा विस्तार भएको छ । आगामी ३ देखि ५ बर्षमा कम्पनीको बार्षिक आम्दानीको लक्ष्य २० हजार करोड भारु हुने बताइएको छ । वित्त बर्ष २०१५/१६ मा कम्पनीको आम्दानी १० हजार करोड थियो ।

एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।