अर्को वर्ष बोनश लाभांश दिने सानिमा बैंकको आश्वासन, गत बर्षको पारित

Dec 13, 2018 Merolagani

मर्जरमा जाने र ब्रोकेज सेवा दिने प्रस्ताव पनि पारित

सानिमा बैंक (SANIMA) ले शेयरधनीहरुलाई अर्को वर्ष बोनश सहितको लाभांश वितरण गर्ने आश्वासन दिएको छ । शेयरधनीहरुले नगद लाभांश मात्रै प्रस्ताव गरेको भन्दै साधारण सभामा लफडा गर्न खोजेपछि बैंक संचालक समितिले अर्को वर्ष बोनश दिने प्रतिवद्धता जनाएको हो ।

बैकले गतबर्षको प्रस्तावित १४ प्रतिशत नगद लाभांश लगायतका एजेण्डा पारित गर्न मंसिर २७ गते बिहीबार राष्ट्रिय सभागृहमा १४ औ वार्षिक साधारण सभामा राखेको थियो । 

साधारणसभा पुगेका बैंकका शेयरधनीहरुले नगद लाभांश मात्र दिइएको भन्दै हो हल्ला गरेर साधारण सभा संचालनमा अवरोध समेत पुर्याएका थिए । बैंक व्यवस्थापनले अर्को बर्ष बोनस सहितको लाभांश दिने प्रतिवद्धता जनाएपछि मात्र साधारण सभा सुचारु भएको थियो ।

बैंकले चालु आर्थिक बर्षको कमाईबाट आगामी बर्ष १० प्रतिशत बोनश र १० प्रतिशत नगद गरी २० प्रतिशत लाभांस वितरण गर्ने प्रतिवद्धता जनाएको छ ।

बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त साधारण सभाले संचालक समितिले प्रस्ताव गरे अनुसारको चुक्ता पूँजीको १४ प्रतिशत अर्थात् एक अर्ब १२ करोड रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको छ ।

यस्तै सर्वसाधारण समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्नेगरी भरत कुमार पोखरेल र महेश घिमिरे निर्बिरोध निर्वाचित भएका छन् ।

मर्जरमा जाने र ब्रोकेज सेवा दिने प्रस्ताव पनि पारित

बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्थालाई आफूमा गाभ्ने वा प्राप्ती गरेर आफ्नो सेवालाई विस्तारित बनाउन शेयर ब्रोकरेज सेवा प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

यस्तै बैंकले सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सेवा प्रदान गर्ने व्यवस्था गर्नका लागि बैंकको प्रवन्धपत्र संसोधन गर्ने भएको छ ।

यस्तै हाल २ अर्बको ऋणपत्र निष्काशन गरिरहेको बैंकले आवश्यकता अनुसार बण्ड, ऋणपत्र जारी गरि पूँजी परिचालन गर्नसक्ने व्यवस्था समेत थपेको छ ।

चुक्ता पूँजी ८ अर्ब १२ लाख रुपैयाँ रहेको सानिमा बैंकले आर्थिक वर्ष २०७४÷७५ मा एक अर्ब ७० करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा ५१ करोड ८८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४५ पैसा र मूल्य आम्दानी अनुपात १३.१६ गुणा बढी छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।