नेपालमा भारु एक सय बाहेकका नोट अवैध घोषणा

Dec 14, 2018 Merolagani

नेपालमा अब २ हजार, ५ सय र दुई सयका भारु नोट चलाउने नपाइने भएको छ । नेपालमा यि भारतीय नोटलाई अवैध घोषणा गर्दै प्रतिबन्ध गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ नोभेम्बर ८ मा नोटबन्दीको घोषणा गरेका थिए । हाल भारतले २०० र ५०० दरका नोट पनि प्रचलनमा ल्याएको छ ।

 

 

तर भारतमा नोटबन्दी भएको लगभग २ बर्षपछि नेपालमा भारतले ल्याएको नयाँ नोटलाई गैरकानुनी घोषित गरिएको छ । गत सोमबार भएको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको भएपनि बिहीबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बास्कोटाले २ हजार, ५ सय र दुई सयको नोट राख्नु र काराबार गर्नु नेपालमा गैरकानुनी हुने बताएका छन् ।

‘भारतीय २००, ५०० र २००० दरका नोट ल्याउनु र राख्नु गैरकानुनी रहेको स्मरण गराउँदै त्यसबारे सूचना प्रकाशन गर्ने निर्णय गरेको छ,’ पत्रकार सम्मेलनका क्रममा बास्कोटाले भने ।

नेपालमा भारतीय नोटमा सहजै कारोबार हुदैँ आइरहेको थियो । भारतसँगको खुल्ला सीमाना र रोजगारीका लागि अधिकांश मानिसहरु भारत जाने हुदाँ भारतीय नोटहरु नेपालमा प्रशस्त मात्रामा भित्रिदै आइरहेका छन् । केही मानिसहरुले आफूसँगै अझैँ पनि पुरानो हजार र पाँच सय भारतीय नोट भएको र त्यसलाई फिर्ता नलिइएको बताउदै आएका छन् ।

नेपाली बैंकमा भएका केही भारतीय पाँच सय र हजारका नोट फिर्ता गरिए पनि सर्वसाधारण नेपालीसँग रहेका नोटहरु कति बेकार भए भने कति नेपालीहरु आफैले सीमा क्षेत्रमा पुगेर सस्तोमा बेचे ।

केही समय पहिले नेपालको केन्द्रीय बैंकले आफूसँग भारतको करिब ८ करोड रुपैयाँ मूल्य बराबरको पुरानो भारतीय नोट भएको र त्यसलाई भारतले साटी नसकेको बताएको थियो । यहीँ कुरालाई लिएर नेपालमा केही असन्तुष्टि पनि रहेको थियो ।

यसका साथै सरकारले पटक–पटक भारतीय पक्षसँग आग्रह गर्दा पनि नोट नसाटिएपछि अब भारतीय नोट प्रयोग नगर्न सर्वसाधारणलाई सूचना नै जारी गर्ने निर्णय गरेको छ ।

अब भारु १०० बाहेकका नोटहरु नेपालमा भित्र्याउन नपाइने भएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।