एक घण्टा नबित्दै नेप्सेमा दोहोरो अंकको गिरावट

Dec 18, 2018 Merolagani

शेयर लगानीकर्ताको दबाब समूहले स्वतस्फूर्त रुपमा कारोबार बन्द फिर्ता गरेको दिन मंगलबार शेयर बजार परिसूचक नेप्से एक घण्टा अवधिमा नै दोहोरो अंकले घटेको छ। आइतबार लगानीकर्ताको कारोबार अवज्ञाबीच भने बजार सूचक १५.२७ अंकले बढेको थियो । 

मंगलबारको एक घण्टा अवधिमा कारोबारमा आएका सबै आठवटै उप समूह ऋणात्मक बनेका छन् ।

यस अवधिमा ११२ कम्पनीका तीन लाख ७१ हजार बढी कित्ता शेयर १३ करोड २५ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् । 

यसअवधिमा एनएमबि बैंक, नेपाल क्रेडिट एण्ड कर्मस बैंकको एक करोड बढीको कारोबार भएको छ ।

घट्दो बजारमा समीट माइक्रोफाइनान्सका शेयरधनीले सात प्रतिशत बढीदे नाफा कमाएका छन् भने लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढीले ओरालो लागेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।