ब्याजदर वृद्धि र नाफा बुकिङ्गको होडबाजीले शेयरबजारमा दोहोरो अंकको गिरावट

Dec 18, 2018 Merolagani

सरकारले पूँजी बजारको विकास र विस्तारका लागि अध्ययन गर्न समिति गठन गरेपछि लगातार चार दिन बढेको शेयरबजारमा पाँचौ दिनमा दोहोरो अंकको गिरावट आएको छ । ठूला बैंकहरु पनि ब्याजदरको प्रतिस्पर्धामा उत्रिएपछि शेयर बजार ओरालो लागेको हो ।

साथै चार दिन लगातार बढेको बजारमा नाफा सुरक्षित गर्ने होडबाजीले शेयर बिक्रीमा चाप पर्दा बजार घटाउन थप सहयोग पुगेको देखिन्छ ।

मंगलबार मात्रै नबिल बैंक र हिमालयन बैंकले मुद्धति बचतको ब्याजदर साढे १३ प्रतिशत पुर्याएका छन् । अर्को ठूलो बैंक इन्भेष्टमेन्ट बैंकले पनि ब्याजदर बढाउने तयारी गरिरहेको बुझिएको छ । बैंकहरुबीचको भद्र सहमति तोडिएपछि झण्डै एक दर्जन वाणिज्य बैंक ब्याजदर वृद्धिको प्रतिस्पर्धामा छन् ।

मंगलबार नेप्से १४.६१ अंकले घटेर ११६८.१७ अंकमा झरेकोे छ । लगातार चार दिन बजार बढ्दा ६४ अंक माथि पुगेको थियो । यसबिचमा नाफा आर्जन गर्नेहरु नाफा सुरक्षित गर्नतर्फ लागेकाले पनि मंगलबारको बजारमा उच्च गिरावट देखिएको हो ।

यसदिन १५९ कम्पनीका १४ लाख ७८ हजार कित्ता शेयर ५३ करोड २३ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन्। सबैभन्दा बढी नेपाल बैंकको पाँच करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

दश समूहको कारोबार भएको बजारमा उत्पादन र अन्य बाहेक सबै सूचक ओरालो लागेका छन् । समिट माइक्रोफाइनान्सका शेयर मूल्य सबैभन्दा धरै १० प्रतिशतले बढेको छभने बिजय लघुबित्तका शेयर मूल्य सबैभन्दा धेरै करिब आठ प्रतिशतले घटेको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।