सनराइज बैंकले पुस २९ गते डाक्यो साधारण सभा, यस्ता छन् मुख्य एजेण्डा

Dec 19, 2018 Merolagani

सनराइज बैंक (SRBL) ले शेयर ब्रोकर सेवा प्रदान गर्ने प्रमुख एजेण्डा सहित पुस २९ गते एघारौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले अमृतभोग क्याटरर्स कालिकास्थानमा बिहान १० बजे सभा आह्वान गरेको हो ।

बैंकले सभामा सम्बन्धित नियामक निकायको स्वीकृती लिई बैंक आफैँ वा सहायक कम्पनी स्थापना गरी ब्रोकरेज सम्बन्धि कार्य गर्ने व्यवस्था थप गरि प्रबन्धपत्र संसेधन गर्ने प्रस्ताव गरेको छ । 

यसका लागि संसोधन गरि पारित भएको प्रबन्धपत्र तथा नियमावलीमा नियामक निकायले कुनै फेरबदल गर्न निर्देशन दिएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको हो । साथै संस्थागत सामाजिक उत्तरदायित्व वापत छुट्टाएको खर्चको सीमाभन्दा बढी भएको खर्च ६३ लाख १८ हजार अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।

त्यसका अतिरिक्त बैंक सञ्चालक समितिको मंसिर १३ गते सम्पन्न ३०३ औं बैठकले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । साथै सभाले संस्थापक र साधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३/३ जना सञ्चालहरुको निर्वाचन गर्नेछ ।

यसअनुसार बैंकले चुक्ता पूँजी आठ अर्ब १५ करोड २५ लाखको ११.५ प्रतिशतले हुन आउने ९३ करोड ७५ लाख ४३ हजार लाभांश वितरण गर्नेछ ।

बैंकको आगामी वार्षिक साधारण सभाबाट साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई लाभांश वितरण हुनेछ ।
चालू आवको प्रथम त्रैमासमा बैंकले ३३ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यसै अवधिमा २० करोड ३७ लाख खुद नाफा गरेकोमा १२ करोड ७७ लाखले मुनाफा बढाएको हो ।

८ अर्ब १५ करोड २५ लाख रुपैयाँ चुक्त्ता पूँजी रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ९९ पैसाबाट १६ रुपैयाँ २६ पैसामा बढेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।