मध्य भोटेकोशीले जलविद्युत आयोजनाले सञ्चय कोषका सञ्चयकर्ताहरु मध्येबाट ५० कित्तादेखि ९० कित्तासम्म आवेदन दिने २४ हजार ८६६ जना आवेदकलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको छ ।
त्यसैगरि १०० कित्तादेखि ५०० कित्तासम्म आवेदन गरेका ४ हजार ५४३ जनाले १०० कित्ताका दरले शेयर पाएका छन् भने एक लाख १४ हजार ९१२ जनालाई ९० कित्ताको दरले शेयर बाँडफाँड गरिएको छ ।
१०० कित्तादेखि ५०० कित्तासम्म आवेदन गरेका एक लाख १४ हजार ९१२ जनालाई ९० कित्ताको दरले शेयर बाँडफाँड गरेर बाँकी रहेको ४५ हजार ४३० कित्ता शेयर एक लाख १४ हजार ९१२ जना आवेदकमध्ये गोलाप्रथाबाट ४ हजार ५४३ जनालाई थप १० कित्ताको दरले बाँडफाँड गरिएको हो ।
पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि निष्काशन गरेको खुला गरिएको एक लाख १७ हजार कित्ता शेयर रितपूर्वक आवेदन दिने एक लाख ३९ हजार ७७८ जना सञ्चयकर्तालाई बाँडफाँड गरिएको हो ।
मध्य भोटेकोशीले जलविद्युत आयोजनाले दोस्रो चरण संगठित संस्थापक शेयरधनी संस्थाका कर्मचारीलाई रितपूर्वक आवेदन दिएका ८ हजार ४३९ जना आवेदकलाई बाँडफाँड गरिएको छ ।
जसमा ५० देखि २५० कित्ताका लागि आवेदन गर्ने ५७३ जना आवेदकलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको छ ।
२६० देखि ५०० कित्ताका लागि आवेदन गर्ने एक हजार ७१२ जना आवेदकले गाेलाप्रथाबाट अधिकतम २६० कित्ता शेयर पाएका छन् भने ७ हजार ८६६ जना आवेदकलाई २५० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ ।
२६० कित्तादेखि ५०० कित्तासम्म आवेदन गरेका ७ हजार ८६६ जनालाई २५० कित्ताको दरले शेयर बाँडफाँड गरेर बाँकी रहेको १७ हजार १२० कित्ता शेयर २६० कित्तादेखि ५०० कित्तासम्मका लागि आवेदन दिएका ७ हजार ८६६ जनामध्ये गोलाप्रथाबाट एक हजार ७१२ जनालाई थप १० कित्ताको दरले बाँडफाँड गरिएको हो ।
आयोजनाले संगठित संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुबाट २१ लाख कित्ता शेयरमा माग आवेदन गरेकोमा रितपूर्वक आवेदन दिने कूल ८ हजार ४३९ जनालाई आईपिओ बाँडफाँड गरिएको हो ।
कर्मचारी सञ्चयकोषकै कर्मचारीलाई निष्काशन गरेको ६ लाख कित्ता शेयर भने सञ्चयकोषको बाँडफाँड तालिका बमोजिम बाँडफाँड गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । सञ्चय कोषका कर्मचारीहरुमध्ये ६१२ जनाले आवेदन गरेका थिए ।
कम्पनीले पहिलो र दोस्रो चरणमा गरि कूल एक करोड ४४ लाख कित्ता साधारण शेयरमा आवेदन गरेका कूल एक लाख ४८ हजार ८२८ आवेदकलाई बाँडफाँड गरिएको हो।