कैलाश विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 20, 2018 Merolagani

कैलाश विकास बैंक (KBBL) को १७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ। बैंकले पुस ६ गते शुक्रबारदेखि साधारण सभाका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएकाले पुस ५ गते बिहीबारसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

पुस ४ गते बुधबार बैंकको शेयर प्रतिकित्ता २३९ रुपैयाँमा कारोबार भएको छ । 

कैलाशले मर्जर तथा एक्वीजिसनलाई प्राथमिकतामा राख्दै पुस २२ गते २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा अमृत भोग पार्टी प्यालेस कालिकास्थानमा बिहान १०:३० बजे आह्वान गरिएको हाे ।

सभाको विशेष प्रस्तावहरुमा कैलाश विकास बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने, गाभिने संस्था पहिचान, सम्झौतापत्रमा हस्ताक्षर, दायित्व तथा मूल्याङ्कनकर्ता नियुक्ति र पारिश्रमिक निर्धारण, लगायतका आवश्यक सम्पूर्ण प्रकृया पूरा गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ ।

त्यस्तै बैंक सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १७ प्रतिशत (४२ करोड ८५ लाख ८ हजार १२० रुपैयाँ) नगद लाभांश अनुमोदन गर्ने र आर्थिक वर्ष २०७५।७६ का लागि लेखापरिक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्ताव गरिएको छ ।

दुई अर्ब ५२ करोड ६ लाख ३६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कैलाशले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०३ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।