राष्ट्र बैंकको दवाबपछि बैंकहरुले गरे व्याजदर घटाउने निर्णय, नयाँ व्याजदर कति ?

Dec 20, 2018 Merolagani

केही दिनदेखि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई व्याजदर घटाउन दवाब दिए पछि वाणिज्य बैंकहरुले नयाँ भद्र सहमति गरेका छन् । बिहीबार मात्र राष्ट्र बैंकले नेपाल बैंकर्स संघका प्रतिनिधिलाई बोलाएर व्याजदर तत्काल घटाउन निर्देशन दिएका थिए । सो लगत्तै बैंकर्स संघले नयाँ व्याजदरका सम्बन्धमा भद्र सहमति गरेको हो ।

जस अनुसार साधारण बचतको ब्याजदर अधिकतम ६.५ प्रतिशत कायम भएको छ । मुद्दति निक्षेपमा अधिकतम ९.२५ प्रतिशतसम्म व्याज दिन सकिने सहमति बैंकहरुले गरेका छन् । संस्थागत मुद्धती निक्षेपमा भने ८.५ प्रतिशतसम्म मात्र व्याज दिने विषयमा अनौपचारिक सम्झौता भएको एक बैंकरले मेरोलगानीलाई बताए ।

न्यूनतम ब्याज अन्तर २ प्रतिशत राखिने छ । यसले कल डिपोजिटको ब्याजदर साढे ४ प्रतिशतमा झरेको ती बैंकरले बताए । उनका अनुसार एक पटकलाई राष्ट्र बैंकले कर्जा निक्षेपको अनुपात ८० प्रतिशत माथि गएका बैंकहरुलाई कार्वाही नगर्ने भए पछि व्याजदर घटाउन बैंकहरु तयार भएका हुन् ।

शुक्रबारदेखि नै नयाँ व्याजदर लागू हुने गरी छलफल सकिएको हो । अहिले मासिक रुपमा समेत व्याज भुक्तान गर्ने अफरको पनि अब अन्त्य भएको छ । विद्यमान व्यवस्था अनुसार तीन महिनामा मात्र व्याज भुक्तानी हुनेछ ।

बिहीबार दिउँसो मात्र राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल तथा डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले एक रेष्टुरेण्टमा बोलाएर बैंकका प्रमुख कार्यकारीहरुसँग लामो छलफल गरेका थिए । उक्त छलफलका क्रममा गभर्नरले तत्काल नतिजा देखिने गरी व्याजदर घटाउन निर्देशन दिएका थिए । 

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।