आप्रवासीलाई आश्रय अनुमति नदिने ट्रम्पको आदेश अमेरिकी सर्वोच्च अदालतद्वारा अस्वीकार

Dec 22, 2018 RSS

विदेशी आप्रवासीलाई अमेरिकामा आश्रय नदिनेसम्बन्धी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई सर्वोच्च अदालतले अस्वीकृत गरिदिएको छ । ट्रम्प प्रशासनले गैरकानुनी रुपमा मेक्सिकोतिरको सिमानाबाट अमेरिका भित्रिनेहरुलाई नियन्त्रण गर्नेगरी नयाँ आप्रवासन नियम ल्याएको थियो । 

नौ सदस्यीय अमेरिकी सर्वोच्च अदालतमा प्रधानन्यायाधीश जोन रोबर्ट सहित पाँच न्यायाधीशले ट्रम्पको आग्रहलाई अस्वीकार गरेका हुन् । ट्रम्प प्रशासनले भने मध्यअमेरिकी आप्रवासीहरुको आगमन मुलुकका लागि बेफाइदा हुने जनाएको छ । 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।