एनएमबि बैंकको लाभांश सोमबारसम्म कायम शेयरधनीले मात्र पाउने

Dec 24, 2018 Merolagani

एनएमबि बैंक (NMB) ले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ३० प्रतिशत लाभांश सोमबारसम्म कायम शेयरधनीले मात्र पाउने भएका छन्। बैंकले लाभांश वितरणका लागि पुस १० गते मंगलबारदेखि बुकक्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले  लाभांश पाउने भएका हुन् ।

बैंकको शेयरमूल्य पुस ९ गते साेमबार प्रतिकित्ता ३९० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ। बैंकले पुस २६ गते बिहीबार बैंकले आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे २३ औं वार्षिक साधारण सभा डाकेको छ ।

साधारण सभाले बैंक सञ्चालक समितिको मंसिर ५ गते सम्पन्न ३६९ औं बैठकले प्रस्तावित १० प्रतिशत (८७ लाख ४३ हजार ७८४.२३ कित्ता) बोनस शेयर र कर प्रयोजनका सहित २० प्रतिशत (एक अर्ब ७४ करोड ८७ लाख ५६ हजार ८ ४५ रुपैयाँ ८१ पैसा) नगद लाभांश वितरणको प्रस्ताव गरेको छ। साधारण सभाले यो लाभांश वितरण गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ ।

हाल एनएमबी बैंकको हालको चुक्ता पूँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार ६५१ रुपैयाँ पुग्नेछ ।

यसैगरि बैंकको २३ औं साधारण सभाले नाफा नोक्सान हिसाब सहित समग्र वित्तीय विवरणमाथि छलफल गरि पारित गर्ने, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण, र बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगाएका एजेण्डा पारित गर्नेछ ।

एनएमबि बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५५ करोड ५ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएर वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ ६४ पैसा कायम गरेको छ ।

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।