शिवश्री हाइड्रोपावरले पायो आईपिओ निष्काशन गर्ने अनुमति

Dec 27, 2018 Merolagani

शिव श्री हाइड्रोपावर कम्पनीले आइपिओ निष्काशनको लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात १४ लाख ७६ हजार ४०० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो ।

आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री गर्न कम्पनीलाई धितोपत्र बोर्डले अनुमति दिएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा यस अघिनै सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणको लागि छुट्टाएको ३५ लाख कित्ता मध्ये १४ लाख ७६ हजार ४०० कित्ता आयोजना प्रभावितलाई जारी गरेपछि बाँकी २० लाख २३ हजार ६०० कित्ता शेयर सर्वसााधारण र कर्मचारीका लागि निष्काशन गर्नेछ ।

कम्पनीमा संस्थापकको तर्फबाट १ अर्ब १० करोड ७३ लाख रुपैयाँ पूँजी पुर्याइसकेका छन् ।

कम्पनीले सिन्धुपाल्चोकको चाँखु खोलामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो पहिलो चरणको आइपिओमा आयोजना प्रभावित सिन्धुपाल्चोक क्षेत्रका स्थानीयले मात्रै आवेदन दिन सकिनेछ ।

यस आईपिओलाई इक्रा नेपालले ग्रेड ४ दिएको छ । यसले कम्पनीको वित्तयि अवस्था औषत रहेको जनाउछ ।

comments powered by Disqus