एनआईसी एशिया बैंकले चौथो पटक माग्यो चार अर्बको ऋणपत्र जारी गर्ने अनुमति

Dec 28, 2018 Merolagani

एनआईसी एशिया बैंक (NICA) ले चौथो पटक चार अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डको अनुमति मागेको छ। बैंकले मंसिर २६ गते एक हजार रुपैयाँ अंकित दरमा ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्न निवेदन दिएको बोर्डले जनाएको छ ।

बैंकले निष्काशन गर्न लागेको ४ अर्ब रुपैयाँको ऋणपत्रमध्ये धितोपत्र बोर्डको स्वीकृती पश्चात २० प्रतिशत हुन आउने ८० करोड रुपैयाँ बराबरको सर्वसाधारणका लागि बिक्रीमा आउनेछ । ८० प्रतिशत अर्थात ३ अर्ब २० करोडको व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकको सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए । 

ऋणपत्र जारी गर्न बैंकले यसअघि नै नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

'१०% एनआइसी एशिया ऋणपत्र २०८५/८६' नाम दिइएको १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर (अर्धवार्षिक रुपमा) भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंकले यसअघि ११ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने बताएपनि वाणिज्य बैंकहरुले भद्र सहमति गरेपछि ऋणपत्रमा १ प्रतिशत ब्याजदर घटाएको हो ।

बैंकले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन, वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न, बैंकको पूरक पूँजीकोष वृद्धि गरेर पूँँजीगत आधार मजबुत बनाउने उदेश्य अनुरुपको कार्य गर्ने प्रयोजनका लागि पूँजी संकलन गर्न ऋणपत्र जारी गरिन लागेको जनाएको छ ।

.......{ऋणपत्र के हो ? यस्ता हुन्छन् यसकाे महत्व}.....

एनआईसी एशियाले यसअघि तीन पटक गरि पाँच अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरिसकेको छ । पछिल्लो समय गत भदौ २१ देखि २७ गतेसम्म बैंकले एक अर्ब ८३ करोड रुपैयाँको '११% एनआईसी एशिया ऋणपत्र २०८/८३' निष्काशन गरेर असोज ४ गते बाँडफाँड गरेको थियो ।

यो सहित एनआइसी एशियाले जारी गर्ने ऋणापत्रको संख्या चार पुग्नेछ भने ९ अर्ब ३३ करोडको ऋणापत्र बैंकले जारी गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।