एनआईसी एशिया बैंकको “साथी” सञ्चालनमा

Dec 28, 2018 Merolagani

एनआईसी एशिया बैंकले बैंकको सामाजिक सञ्जाल फेसबुक अन्तर्गत “साथी” नामक बैंकको आफ्नो च्याटबट सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो मुलनारा “बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” को भावना अनुरुप प्रबिधिमा आएको विकासलाई ग्राहकहरुको थप सुविधामा उपभोग गर्ने अभिप्रायले सो एप सञ्चालनमा ल्याएको जनाएको छ ।

बैंकले पुस १० गतेदेखि “साथी” नामक उक्त च्याटबट सञ्चालनमा ल्याएको हो । यस “साथी” च्याटबट मार्फत बैंकका ग्राहकहरूले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्नेछन् । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास बैंकले लिएको छ ।

बैंकले देशभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकले ग्राहकहरूको सुझावलाई उच्च सम्मान गर्दै बैंकलाई प्राप्त सुझावहरुलाई मध्यनजर गर्दै अगामी दिनहरुमा यस्तै खालका विभिन्न विद्युतिय सेवाहरु ल्याउने योजना राखेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।