सन लाइफको दैनिक ५ रुपैयाँमा खरिद गर्न सकिने नयाँ जीवन बीमा योजना

Dec 28, 2018 Merolagani

सन नेपाल लाइफ इन्स्योरेन्सले आम सर्वसाधारणको जोखिम सुरक्षित गर्ने उद्देश्यले नयाँ जीवन बीमा योजना प्रचलनमा ल्याएको छ। यो म्यादी जीवन बीमा योजना पाँच बर्ष अवधिको लागि दैनिक पाँच रुपैयाँ भन्दा कम लागतमा खरिद गर्न सकिन्छ ।

यद्यपी उमेरको आधारमा बीमाशुल्कमा केही तल माथी हुनसक्ने कम्पनीले जनाएको छ । यो बीमाबाट ५ लाख बराबर जोखिम र अठार घातक रोगको जोखिम विरुद्ध ५ लाख गरी १० लाख रुपैयाँ बराबर सुरक्षण हुन्छ । 

यस योजनामा १६ बर्ष देखी ६५ बर्ष उमेरका जो कोहिले पनि यो बीमा गर्न सक्छन् । यो बीमा सम्वन्धमा विस्तृत जानकारीको लागी कम्पनीको कर्पोरेट कार्यालय तथा नेपालभर रहेका कम्पनीका शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।