डिप्रोक्स लघुवित्तले लाभांश अनुमोदनका लागि डाक्यो सत्रौं वार्षिक साधारण सभा

Jan 01, 2019 Merolagani

डिप्रोक्स लघुवित्त वित्तीय संस्था (DDBL) ले माघ ११ गते सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको लघुवित्तले लाभांश अनुमोदनका लागि सभा आह्वान गरेको हो ।

लघुवित्तले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि पुस २६ देखि माघ ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार पुस २५ गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

सत्रौं वार्षिक साधारण सभामा चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ । बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्नेछ ।

लघुवित्तको सत्रौं वार्षिक साधारण सभा माघ ११ गते भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा बिहान ११ बजे बोलाइएको छ ।

लघुवित्तकाे साधारण सभाकाे विस्तृत सूचना यहाँबाट हेर्नुहाेस्

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।