सातामा शिर्ष दश कम्पनीले गुमाए २४ अर्ब ८९ करोड बजार पूँजीकरण

Jan 04, 2019 Merolagani

- तीर्थराज पाैड्याल।
नेपाल स्टक एक्सचेञ्जमा उच्च बजार पूँजीकरण हुने दश कम्पनीहरुले यस साता अघिल्लो साताको तुलनामा शेयर बजारबाट २४ अर्ब ८९ करोड ९४ लाख रुपैयाँ पूँजीकरण गुमाएका छन्। गत साताकाे तुलनामा दश कम्पनीहरुकै  बजार पूँजीकरण घटेको हाे।

गत साता राष्ट्र बैंकले सरकारी कार्यदलले दिएको सुझावका आधारमा नीतिगत व्यवस्था गर्दा सबै कम्पनीको शेयरमूल्य बढ्दा पूँजीकरण पनि बढेको थियो । यस साता त्यसमा करेक्शनले बजार पूँजीकरण पुन घटेको हो ।

यस साता उच्च पूँजीकरण हुने शिर्ष दश कम्पनीको कूल बजार पूँजीकरण ५ खर्ब २४ अर्ब ८ करोड ८४ लाख रुपैयाँ रहेको छ । गत साता यस्तो पूँजीकरण ५ खर्ब ४८ अर्ब ९८ करोड ७८ लाख रुपैयाँ रहेको थियो । यस साता शिर्ष स्थामा रहेको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को सबैभन्दा धेरै र एनआईसी एशिया बैंकको सबैभन्दा कम पूँजीकरण गुमेको छ ।

गत साता उच्च पूँजीकरण भएका दश कम्पनीहरुले नै यस साता पनि आफ्नो स्थान सुरक्षित गरेका छन् । स्ट्याण्डर्ड चार्टड बैंक पाँचौं स्थानबाट चौथो स्थानमा उक्लेको छ भने नेपाल लाईफ इन्स्योरेन्स एक स्थान झदै पाँचौंमा झरेको छ । अन्यको स्थान यथावत रहेको छ ।

शेयर बजारमा सूचीकृत कम्पनीहरूमध्ये कूल बजार पूँजीकरण १४ खर्ब ८ अर्ब १७ करोड ७६ लाख रहेको छ । जसमा टेलिकमको बजार पूँजीकरण सबैभन्दा धेरै एक खर्ब ९ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

यस साता टेलिकमको ५५ प्रतिशत नगद लाभांशको बुकक्लोजले मूल्यमा नकारात्मक असर पर्दा कारण यस साता ९ अर्ब ९० करोड बजार पूँजीकरण घटेको छ । गत साता टेलिकमको एक खर्ब १९ अर्ब ५५ करोड रुपैयाँ बराबरको बजार पूँजीकरण रहेको थियो ।

सरकारी स्वामित्वमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक यस कम्पनीको चुक्ता पूँजी १५ अर्ब रहेको र बजारमा नगद लाभांश मात्र बाँड्ने भएकाले थप आपूर्ति नहुँदा टेलिकमले बजार पूँजीकरणमा पहिलो स्थानमा रहँदै आएको छ । धेरै पूँजीकरण हुने दश कम्पनीभित्र यस साता पनि आठ वाणिज्य बैंक समेटिएका छन्।

 

बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल इन्भेष्टमेन्ट बैंक दोस्रो स्थानमा छ । बैंकको ६९ अर्ब ०८ करोड ९९ लाख रुपैयाँ बराबरको बजार पूँजीकरण रहेको छ । एक सातामा बैंकको पूजीकरण दुई अर्ब ६३ करोडले संकुचित भएको छ । गत साता सो बैंकको ७१ अर्ब ७२ करोड ७९ लाख रुपैयाँ बराबरको बजार पूँजीकरण रहेको थियो ।

बजार पूँजीकरणको आधारमा तेस्रो स्थानमा रहेको नबिल बैंकको बजार पूँजीकरण पनि यस साता एक अर्ब ९२ करोड ९३ लाखले घटेको छ । यस साता नबिल बैंकको कूल बजार पूँजीकरण ६७ अर्ब ६० करोड ४६ लाख रुपैयाँ रहेको छ । गत साता बैंकको ६९ अर्ब ५३ करोड ३९ लाख बराबरको बजार पूँजीकरण रहेको थियो ।

स्टकका अनुसार चौथोमा स्थानमा रहेको स्ट्याण्डर्ड चार्टड बैंकको कूल बजार पूँजीकरण पाँचौँमा स्ट्याण्डर्ड चार्टड बैंकको ४८ अर्ब ५४ करोड ९२ लाख रहेको छ । गत साता बैंकको कूल बजार पूँजीकरण ४९ अर्ब ९१ करोड १२ लाख रहेको थियो । यस साता बैंकको एक अर्ब ३६ करोड २० लाख रुपैयाँले बजार पूँजीकरण घटेको हो ।

यस साता पाँचौ स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बजार पूँजीकरण ४७ अर्ब ९२ करोड ६५ लाख रहेको छ । गत साता नेपाल लाइफको ५० अर्ब ७८ करोड ४५ लाख बजार पूँजीकरण रहेको थियो । सातामा कम्पनीले दुई अर्ब ८५ करोड ८० लाख पूँजीकरण गुमेको छ ।

त्यस्तै एभरेष्ट बैंकको ४२ अर्ब ९४ करोड ३७ लाख, हिमालयन बैंकको ४० अर्ब ३८ करोड ६० लाख, एनआइसी एशिया बैंकको ३३ अर्ब ८३ करोड ५१ लाख, नेपाल एसबिआई बैंकको ३३ अर्ब ३ करोड ६५ लाख र एनएमबी बैंकको यस साता कूल बजार पूँजीकरण ३१ अर्ब ६ करोड ६६ लाख बजार पूँजीकरण रहेको छ ।

गत साताको तुलनामा एभरेष्ट बैंकको एक अर्ब २० करोड ४० लाख, हिमालयन बैंकको एक अर्ब ८० करोड ७८ लाख, एनआइसी एशिया बैंकको ५३ करोड, नेपाल एसबिआई बैंकको एक अर्ब ३२ करोड ३७ लाख र एनएमबी बैंकको यस साता कूल बजार पूँजीकरण एक अर्ब ३४ करोड ६५ लाख रुपैयाँले बजार पूँजीकरण घटेको हो ।
उच्च पूँजीकरण हुने दश कम्पनीको एक सातामा २४ अर्ब ८९ करोड ९४ लाख रुपैयाँले पूँजीकरण घटेको हो ।

गत साता एभरेष्ट बैंकको ४४ अर्ब १४ करोड ७७ लाख, हिमालयन बैंकको ४२ अर्ब १९ करोड ३८ लाख, एनआइसी एशिया बैंकको ३४ अर्ब ३६ करोड ५१ लाख, नेपाल एसबिआई बैंकको ३४ अर्ब ३६ करोड २ लाख र एनएमबी बैंकको यस साता कूल बजार पूँजीकरण ३२ अर्ब ४१ करोड ३२ लाख रुपैयाँले बजार पूँजीकरण थियो ।

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।