अमेरिका र चीनले आगामी हप्ता बेइजिङमा व्यापार वार्ता गर्ने

Jan 04, 2019 Merolagani

आगामी हप्ता अमेरिकी प्रतिनिधिमण्डल चीनसँग व्यापार वार्ता गर्नका लागि बेइजिङ जाने भएका छन् । योसँगै विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु बीचको व्यापार युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ ।

अमेरिकी बजारमा आएको गिरावटसँगै बितेको खराब हप्तापछि दुई देशका बीचको यो पहिलो भेटवार्ता हुनेछ । अमेरिकाले चीनसँगको वाणिज्य युद्धका कारण नै आफ्नो बजार खस्कदै गएको मान्दै आएको थियो ।

गत बर्ष चीन र अमेरिकाले एक अर्काको सामानमा ३ सय अर्बभन्दा बढीको कर लगाएका थिए । ‘जस्तालाई तस्तै गर्ने’ प्रवृत्ति हाबी भएसँगै दुई देशले एकपछि अर्काे सामानमा कर थप्दै आइरहेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङले अर्जेन्टिनामा सम्पन्न भएको जी–२० शिखर सम्मेलनका क्रममा भेटवार्ता गर्दे ९० दिनसम्मका लागि एक अर्काको सामानमा नयाँ कर नलगाउने सहमति गरेका थिए । त्योपछि दुई देशका बीच आमुन्ने–सामुन्ने यो पहिलो वार्ता हुनेछ ।

चीनको वाणिज्य मन्त्रालयले आफ्नो वेबसाइटमा भनेको छ, बेइजिङमा ७ र ८ जनवरीमा दुई देशबीच भेटवार्ता हुदैछ । दुई पक्षले महत्वपूर्ण सहमति लागू गर्नेछन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।