स्वावलम्बन लघुवित्तद्वारा बाँकेका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना

Jan 04, 2019 Merolagani

स्वावलम्बन लघुवित्त वित्तीय संस्था (SWBBL) काे शाखा कार्यालय, रझेना बाँकेले बाँके जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले कोहलपुर बजार क्षेत्र, पिपरी, हवल्दारपुर, कौशिलानगर, विकासनगर, वानियाँभार, दिपनगर लगायत सम्झनाचोक र चिसापानी क्षेत्रका ग्राहक सदस्य, अभिभावक साथै स्थानीयको सहभागीतामा कार्यक्रम आयोजना गरेको लघुवित्तका कर्जा, सञ्चालन तथा निरीक्षण विभागका राजेन्द्र धितालले बताए ।

पुस १६ गते आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी चौधरीले हाल बहुबैकिङ्ग कारोबार, एकले कर्जा लिई अरुलाई चलाउन दिने तथा घर सल्लाह नगरी कर्जा लिने र ब्यवसाय भन्दा पनि फजुल खर्चको लागि कर्जा लिने प्रवृतिको अन्त्य गर्न र वित्तीय अनुशासन कायम गर्न यस प्रकारका कार्यक्रमले सहयोग पु¥याउने बताए ।

कोहलपुर नगरपालिका वडा न. १ का अध्यक्ष गोपी खनालले कौशिलानगर क्षेत्रका सहभागिलाई सम्वोधन गर्दै हाल कतिपय घरपरिवारले आर्थिक कारोबार विगारेर घरखेत वेचविखन गरि अझ गरिव भएको, धेरै वित्तीय संस्थावाट कर्जा लिई फजुल खर्च गर्ने, आफनो जीवनस्तर उकास्न रकम परिचालन सहि तरिकाले नगर्ने कार्यले समाजमा विकृती फैलिएको पाइएको हुदा यस्तो वित्तीय साक्षरता कार्यक्रमले जीवनस्तर उकास्न, वचत गर्ने बानी र आफ्नो क्षमता अनुसार कर्जा लिई आयमूलक कार्यमा लगाउन मद्धत गर्ने बताए ।

शाखा प्रबन्धक चन्द्र बहादुर थापाले आर्थिक–सामाजिक र शैक्षिक रुपमा पछि परेका वर्गलाई गतिशील दिशामा अघि वढाउन र उनीहरुलाई वित्तीय पहुँच पुर्याइ जीवन स्तर उकास्न, आम्दानी गरि खर्चमा मितव्ययिता अपनाई वचत गर्ने बानी बसाल्न र आफ्नो पारिवारिक आम्दानी खर्चको लेखा जोखा गरि योजना बनाई अगाडि बढ्न र वित्तीय अनुशासन कायम गर्न आवश्यक रहेकोले वित्तीय साक्षरता आयोजना गरिएको बताए ।

कार्यक्रममा इलाका कार्यालयका प्रतिनिधि, शाखा कार्यालयका प्रतिनिधि शाखा कार्यालय अन्तरगतका विभिन्न केन्द्रका केन्द्र प्रमुख, उपप्रमुख, सदस्यहरु, अभिभावक, स्थानीय बुद्धिजीवि, जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।