एनसीसीको साधारण शेयरकाे कटअफ २०१ कायम, नागरिक लगानी कोषले पाएन

Jan 07, 2019 Merolagani

नागरिक लगानी कोष (CIT) नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले लिलामीमा ल्याएको साधारण शेयर पाउनबाट विमुख भएको छ। दोस्रो बजारमा स्टक डिलरको रुपमा स्थापित हुने तयारीमा लागेको कोषले आवेदन गरेको बोलीभन्दा बढीमा अन्यकाे बाेलपत्र परेपछि कोषले शेयर नपाएको हो ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका प्रभारम्भिक तथ्याङ्क अनुसार एनसीसी बैंकको साधारण शेयर २०२ रुपैयाँ वा सो भन्दा माथि मूल्यमा बोलपत्र पेश गरेका लगानीकर्ताले माग अनुसार नै शेयर प्राप्त गरेका छन् । प्रतिकित्ता २०१ रुपैयाँमा बोलपत्र पेश गर्ने लगानीकर्ताहरुले भने आंशिक रुपमा मात्र शेयर पाउनेछन् । 

संस्थापक समूहतर्फ १०१ रूपैयाँसम्म आवेदन गर्ने साबिकको संस्थापकहरुले शेयर प्राप्त गरेका थिए । 

कोषले १३ लाख ९४ हजार १९८ कित्ता साधारण शेयरका लागि प्रतिकित्ता १९१ का दरले २६ करोड ६२ लाख ९१ हजारमा उठाउन बोलपत्र पेश गरेको थियो । तर साधारण शेयरकाे न्यूनतम कटअफ नै २०१ कायम भएकाले काेषले साधारण शेयर प्राप्त गर्न नसकेकाे हाे ।

संस्थापक शेयरतर्फ भने नागरिक लगानी कोषले प्रतिकित्ता १०१ रुपैयाँको दरले करिब ३५ लाख कित्ता संस्थापक शेयर प्राप्त गरेको छ।

काेषले लिलामीमा ल्याइएकाे सबै संस्थापक शेयरका लागि प्रतिकित्ता १०१ रुपैयाँका दरले ६५ करोड ८१ लाख ९६ हजार रुपैयाँको आवेदन गरेको थियाे । 

नागरिक लगानी कोषले एनसीसीको सबै शेयरमा बोलपत्र पेश गर्ने खबर बाहिरिनु अहिले अाएर कोष आफैँलाई घातक साबित भएको छ। सो सूचना बाहिरिएसँगै कोषभन्दा बढी मूल्यमा अन्य व्यक्ति तथा समूहले बढी मूल्यमा आवेदन गर्दा कोषले लिलामीकाे साधारण शेयर प्राप्त नगर्ने अवस्था सिर्जना भएको हो ।

एनसीसी बैंकले गत भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । सो समयमा बैंकको आधारभुत शेयरधनीहरु एनबी समूह र निर्मल प्रधान समूहले हकप्रद नभरेपछि एक करोड ५४ लाख ८४ हजार २९० कित्ताका लागि मात्र आवेदन परेको थियो । बाँकी अवितरित शेयर लिलामीमा ल्याइएको हो।

हाल ४ अर्ब ६८ करोड ५९ लाख २ हजार रुपैयाँ चुक्ता पूँजी रहेको एनसीसी बैंकको लिलामीमा हकप्रद बिक्रीपछि ७ अर्ब २ करोड रुपैयाँ पुग्नेछ भने राष्ट्र बैंकले तोकेको ८ अर्ब पूँजी कायम गर्न बैंकलाई अझै चुक्ता पूँजीको ९८ करोड पूँजी वृद्धि आवश्यक देखिन्छ। यसका लागि कम्पनीले करिबक १४ प्रतिशत बोनस बाँड्नुपर्ने रहेकाले पनि बैंकको लिलामी शेयरमा आकर्षण देखिएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।