ओरेन्टल पीडितलाई खुशीकाे खबरः ऋण तिर्न सुधिर बस्नेतकी श्रीमतीको नाममा रहेको शेयर लिलामी खुल्ला

Jan 09, 2019 merolagani

समस्याग्रस्त ओरेन्टल को-अपरेटिभका बचतकर्ताहरूलाई राहत हुने भएको छ। सरकारले गठन गरेको समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिले को-अपरेटिभ संस्थाका तत्कालिन कर्मचारी नितु थापा बस्नेत (सुधिर बस्नेतको श्रीमती) को नाममा रहेको ग्लोबल आईएमई बैंकको शेयर जफत गरी लिलामीमा ल्याएपछि बचतकर्तालाई राहत पुग्ने भएको हो।    

ऋण असुली न्यायधीकरणले बस्नेतको नाममा रहेको ग्लोबल आईएमई बैंकको संस्थापक १ लाख ३६ हजार २३३ कित्ता र साधारण तर्फको ५० हजार ८७ कित्ता शेयर लिलामी ल्याएको हो । बैंकको संस्थापक तर्फको शेयरमा न्युनतम १८० रूपैयाँ र सर्बसाधारण तर्फको शेयरमा न्युनतम २७२ रूपैयाँमा बोलपत्र पेश गर्न सकिनेछ ।

बैंकको संस्थापक र साधारण शेयर लिलामी पश्चात आउने न्युनतम तीन करोड ८२ लाख २७ हजार २०४ रूपैयाँ ओरेन्टल कोअपरेटिभका बचतकर्ताहरूलाई वितरण गरिनेछ । तर सहकारीमा ११ हजार भन्दा बढी बचतकर्ताका साढे ५ अर्ब भन्दा बढी बचत फसेको छ ।

बैंकको शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले ३ हजार रूपैंयाँको फारम खरिद गरेर माघ १० गते भित्र ऋण असुली न्यायाधिकरणको कार्यालयमा बोलपत्र पेश गर्न सकिनेछ । लिलामी शेयरमा बोलपत्र पेश गर्न चाहनेले शेयरको १० प्रतिशत रकम धरौटी पहिले नै बुझाउनु पर्ने न्यायाधीकरण कार्यालयले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।