बेलायती प्रधानमन्त्रीको भन्दा १७०० गुणा बढी कमाउँछिन् यी महिला

Jan 10, 2019 agency

बेलायतको अनलाइन ग्याम्बलिङ कम्पनी बेट ३६५ की सीईओ डिनाइज कोट्सको बार्षिक तलब सन् २०१७ मा ६.२ करोड डलरबाट बढेर ३४.१ करोड डलर पुगेको छ । २०१६ मा उनको कमाई २७.९ करोड डलर रहेको थियो । डिनाइजले विगत २ बर्षमा तलबको रूपमा ६२ करोड डलर रकम लिइसकेकी छन् ।

डिनाइज बेलायतकी सबैभन्दा धेरै तलब पाउने सीईओ हुन् । महिला सीईओह? मध्ये उनी विश्वभरमा टपमा नै रहेकी छिन् । मिडिया रिपोर्टका अनुसार उनको बार्षिक कमाई बेलायतकी प्रधानमन्त्री थेरेसा मे को तुलनामा १७०० गुणा धेरै रहेको छ । बेलायती प्रधानमन्त्रीको बार्षिक कमाई करिब २ लाख एक हजार २२४ डलर रहेको छ ।

फोब्र्सले यो बर्ष डिनाइजको कुल सम्पत्ति ५ अर्ब डलर पुग्ने अनुमान लगाएको छ ।

डिनाइजका बुबाले सन् १९७४ मा बेटिङको व्यापार सुरू गरेका थिए । स्कुलको समयदेखि नै डिनाइज आफ्नो बुबासँग कारोबारमा जोडिईन् र त्यससम्बन्धि तालिम लिएर बेटिङ स्टोरको जिम्मेवारी सम्हालिन् ।

कारोबार बढाउनका लागि उनले १.९ करोड डलर ऋण लिएर अनलाइन ग्याम्बलिङ फर्म सुरू गरिन् । उनी हाल बेलायतकी ग्याम्बलिङ क्वीनका रूपमा समेत चिनिन्छिन् ।

एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।