ग्लोबल आइएमई बैंकको १६ प्रतिशत बोनस पारित, चुक्ता पूँजी १० अर्ब ३१ करोड पुग्यो

Jan 11, 2019 Merolagani

ग्लोबल आइएमई बैंक (GBIME) को पुस २७ गते शुक्रबार सम्पन्न १२ औं वार्षिक साधारण सभाले आ.व. २०७४/०७५ को वितरण योग्य मुनाफा तथा संचित मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

नक्साल व्याङ्केट, नक्सालमा सम्पन्न भएको उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर पारित भएसँगै बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र ११६ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सर्म्पक कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।