धितोपत्र बोर्डले नेप्सेलाई सोध्यो “सूर्य कताबाट उदाउँछ ?”

Jan 11, 2019 Merolagani

सञ्चार माध्यममा सार्वजनिक गर्न नखोजिएको एउटा पत्र यतिबेला धितोपत्र बोर्डबाट नेपाल स्टक एक्सचेन्जमा पुगेको छ । धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अनुसार पत्र यहि साता नेप्सेलाई पठाइएको हो ।

उक्त पत्रमा नेप्सेबाट बोर्डले दुई वटा प्रश्नको जवाफ मागेको छ । शेयर दलाल व्यवसायीको शाखा कार्यालयहरुले कसरी काम गरिरहेका छन् ? र नेप्सेको पूर्ण स्वचालित अनलाईन प्रणालीको प्रभावकारिता कस्तो छ ?

शेयर बजारमा पूर्ण स्वचालित अनलाईन प्रणाली सुभारम्भ भएको पुष २० गते दुई महिना पुरा भयो । अर्थमन्त्री डा.युवराज खतिवडाले उद्घाटन गरेको कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष डा.रेवत बहादुर कार्की विशिष्ट अतिथीको रुपमा उपस्थित थिए ।

नेप्सेले सुरु गरेको पूर्ण स्वचालित अनलाईन प्रणाली र शेयर दलाल व्यवसायी कम्पनीका काम कारबाहीबारे बोर्ड जानकार नरहने कुरै आउँदैन । तर ४३ कम्पनीका शाखा कार्यालयहरुले गरेको काम र अनलाईन प्रणालीबारे बोर्ड अनविज्ञ देखिएको उसले पठाएको भनिएको पत्रले पुष्टी गर्छ । पत्रको उदेश्य १३ ब्रोकरले मागेको शाखा बिस्तारसंग जोडिएको बताइएको छ ।

जबकी नेप्सेको माथिल्लो नियामक निकाय हो धितोपत्र बोर्ड र उसको क्षेत्राधिकारको प्रमुख विषय यिनै हुन् । जुन विषय जान्नका लागि बोर्डले नेप्सेलाई पत्र लेखेको छ त्यही कुराको सञ्चालन, व्यवस्थापन र नियमनको काम बोर्ड आफ्नै दायित्व भित्र पर्छ ।

नयाँ शाखा विस्तार अनुमति दिन पुरानामाथि तरबार

यस अघि नै शाखा खोलेर कारोबार गरिरहेका ४३ वटा ब्रोकर कम्पनीको गतिविधि संकास्पद रहे पछि नयाँ शाखालाई अनुमति दिन पछाडी हटेको बोर्डले अनौपचारिक जिकिर गरेको छ ।

कानुनी हिसाबले शाखा मार्फत भएको कारोबार ब्रोकरको केन्द्रीय कार्यालयमा राफसाफ नभई सिधै नेप्सेको प्रणालीमा आएको हुन सक्ने बोर्डको दावी छ ।

शाखाहरु पारदर्शी छैनन् भन्ने घुमाउरो अभिव्यक्ति र १० महिनासम्म नयाँ शाखा विस्तारमा निर्णय नलिनुको अर्थ नयाँलाई दिनु पहिले पुरानालाई तर्साउने मनासायमा बोर्ड रहेको देखिन्छ ।

अवैध कारोबारको शंका लागेको संस्थामाथि कानुनी डण्डा चलाउने अधिकार भएको नियामक निकाय शंकाको भूमरीमा अल्झेर १० महिनादेखि शाखा बिस्तारका लागि निवेदन दिएकाहरुलाई ब्रोकरहरुलाई निरास पार्नु अर्थपूर्ण छ ।

बोर्ड जानकार छ : नेप्से

नेपाल स्टक एक्सचेन्जका अनुसार पुरानो प्रणाली अनुसार शाखा ब्रोकर कार्यालयलाई नेप्सेको प्रणालीमा स्टक अर्डर पोष्ट गर्ने अधिकार मात्रै छ । कारोबार राफसाफ र फस्र्योटको दायित्व शाखाको केन्द्रीय कार्यालयबाटै आउनु पर्छ र आएको पनि छ । यो कुरामा धितोपत्र बोर्ड पनि जानाकार छ ।

पूर्ण स्वाचालित अनलाईन कारोबार सुरु भए पछि शाखाको काम के हो ? कारोबारको प्रणाली कसरी नेप्सेसंग जोडिन्छ भन्ने कुरामा बोर्ड अनविज्ञ हुने कुरै छैन ।

स्रोतका अनुसार प्रक्रिया पुगेका ब्रोकर शाखालाई लाइसेन्स दिन बोर्डलाई सिफारिस गर्ने दायित्व नेप्सेको हो । तर पछिल्लो पत्र मार्फत नयाँलाई शाखा खोल्न दिनुको साटो उपत्यका बाहिर सन्चालनमा आएका ४३ शाखाको भूमिका खोज्नु सूर्य कसरी उदाउँछ भनेर सोधे जस्तो भयो ।

नयाँ शाखाबारे छिट्टै निर्णय

नेप्सेबाट जवाफ आए पछि नयाँ शाखाबारे निर्णय गर्ने बोर्डले जनाएको छ । समय ठ्याक्कै भन्न नसकिए पनि शाखा विस्तार नरोकिने प्रवक्ता निरज गिरिले बताए ।

अनलाईन कारोबारमा देखिएको समस्या र ब्रोकर शाखाहरुको दायित्व कानुन अनुसार स्थापित गर्न बोर्ड ब्यस्त रहंदा केही ढिलाई भएको प्रवक्ता गिरिको दावी थियो ।

उपत्याका बाहिर शाखा विस्तारका लागि प्रक्रिया पुर्याएर १३ दलाल व्यवसायीले धितोपत्र बोर्डमा निवेदन दिएको १० महिना भयो । कानूनतः सेयर खरिद बिक्रीको सेवा विस्तार गर्न प्रक्रिया पुगेका ब्रोकर कम्पनीलाई शाखा खोल्न कुनै बन्देज छैन । यस अघि ४३ वटा ब्रोकरहरुले आफ्नो शाखा मार्फत शेयर कारोबार गर्दै आएका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।