गण्डकी विकास बैंकको १४.२० प्रतिशत लाभांश पारित

Jan 12, 2019 Merolagani

गण्डकी विकास बैंक (GDBL) को पुस २६ गते सम्पन्न एघारौ वार्षिक साधारण सभाले सञ्चालक समितिको आ.वं २०७४/७५ को बार्षिक प्रतिवेदन पास गर्नुको साथै आर्थिक वर्ष २०७४/७५ सम्मको संचित मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको १४.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा शेयरधनीहरुको तर्फबाट राखिएका जिज्ञासाको जवाफ बैकका अध्यक्ष सुशिल गौचन तथा प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले दिएका थिए । 

बैंकले आ.व. २०७५/७६ को पहिलो त्रैयमास सम्ममा निक्षेप २३ अर्ब ७३ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ २१ अर्ब २४ करोड लगानी गरेको छ ।

बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत सेवा प्रवाह गर्दै आइरहेको छ ।

बैंकले आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा प्रवाह गर्नुका साथै एबिबिएस, एटीएम, एसएमएस, सि आश्वा, आईपिएस र मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीय कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा समेत प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्द व्यक्तिहरुका लागि लघुवित्त कर्जा पनि प्रदान गर्दै आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।