साधना लघुवित्तले १०५ प्रतिशत हकप्रद जारी गर्ने

Jan 13, 2019 Merolagani

साधना लघुवित्त वित्तीय संस्थाको दोस्रो वार्षिक साधारण सभाले १०५ प्रतिशत(१ः१.०५) हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ । होटल गोरखा विसौनिमा शनिबार सम्पन्न दोस्रो वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो ।

हाल चार करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको यस हकप्रद शेयर जारीपछि १० करोड चार लाख पचास हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

संस्थाको अध्यक्ष कुष्ण बहादुर थापाले विगतको ब्यवस्था अनुसार १० जिल्ला वा प्रदेशमा मात्र सीमित नरही राष्ट्रियस्तरको संस्था तर्फ अगाडि बड्ने सोच विगतदेखि नै रहेको बताए । उनले लघुवित्त संस्थाहरु नाफामुखि र बजार केन्द्रित भएको परिपे्रक्षमा यस वित्तीय संस्थाले गाम्रिण दुरदराजमा गई वित्तीय कारोबारका साथै सामाजिक कार्य पनि गर्दै आएको दाबी गरे ।

 

प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संस्थाले गाम्रिण क्षेत्रमा विपन्न वर्गको आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्दै आएको र २६ शाखा कार्यालय मार्फत १८ हजार ५०० भन्दा बढी सदस्यहरुलाई समुहमा आबद्द गराई १० हजार ऋणी सदस्यबाट ६५ करोड रुपैयाँ कर्जा लगानी भएको बताए ।

लघुवित्तको गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रिय कार्यालय रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।