बैंक अफ काठमाण्डूको बोनस पश्चात शेयरमूल्य समायोजन

Jan 14, 2019 Merolagani

बैंक अफ काठमाण्डू (BOKL) को नेपाल स्टक एक्सचेञ्जमा पुस ३० गते सोमबार शेयरमूल्य समायोजन भएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १४ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन गरिएको हो ।

स्टकका अनुसार बैंकको १४ प्रतिशत बोनस समायोजन पश्चात प्रतिकित्ता शेयरमूल्य २८८ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ । सोमबार बैंकको शेयर कारोबार यहि मूल्यलाई आधार मानेर खुल्नेछ ।

बैंकको १८० दिन नेप्सेमा कारोबार भएको शेयरमूल्यको आधारमा ३२८ रुपैयाँ ३० पैसा औसत आधारमूल्य निर्धारण गरिएको छ ।

बैंकले माघ १७ गते आह्वान गरेको साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ३० गते साेमबारदेखि बुक क्लोज गरेको हो ।

साधारण सभाले गत आवको नाफाबाट १४ प्रतिशत बोनस र ११ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ । सो लाभांश पुस २९ गते आइतबारसम्म कायम शेयरधनीले मात्र पाउनेछन् । बैंकले माघ १७ गते बिहान १० बजे एलिस रिसेप्सन गैरीधारा काठमाडौंमा २४ औं वार्षिक साधारण सभा डाकेको छ।

बैंकले सहायक कम्पनी मार्फत धितोपत्र व्यवसायी शेयर ब्रोकर सम्बन्धी कार्य गर्न बैंकको प्रबन्धपत्र संसोधन गर्ने सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने तयारी समेत साधारण सभामा गरेको छ ।

हाल ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको बोनस पश्चात ८ अर्ब ६ करोड ३१ लाख १ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ८८ पैसा, प्रतिशेयर नेटवर्थ १८४ रुपैयाँ २९ पैसा छ ।

बैंक अफ काठमाण्डूले बोलायो साधारण सभा,बुक क्लोज कहिले ?

बैंक अफ काठमाण्डूले बढाएर घोषणा गर्यो लाभांश, बोनस कति ?

comments powered by Disqus