प्रोग्रेशिभ फाइनान्सको अवितरित हकप्रद शेयर दोस्रो पटक लिलामीमा

Jan 14, 2019 Merolagani

बैंक तथा वित्तीय संस्थाहरुले पूँजी वृद्धिका लागि भारी मात्रामा निष्काशन गरेको हकप्रद लिलामीमा समेत बिक्री हुन छाडेकाे छ। एक पटकको लिलामीमा बिक्री नभएपछि प्रोग्रेशिभ फाइनान्स (PROFL) ले माघ १५ गतेदेखि फेरि अवितरित हकप्रदमा लिलामी खुला गरेको छ।

फाइनान्सले हकप्रदमा बिक्री नभएको शेयर दोस्रो माघ १५ गते देखि पटक शेयर लिलामीमा ल्याउन सूचना प्रकाशित गरेको छ । कम्पनीले गरेको पहिलो पटकको लिलामीमा संस्थापक शेयर सबै बिक्री भएपनि सर्वसाधारण तर्फको १३ लाख ३० हजार २५५ कित्ता अवितरित भएको हो । सोही शेयरमा इच्छुक लगानीकर्ताले माघ २२ गते भित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि लिलामीको अधिकतम कित्तासम्मका लागि एक सय रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र आवेदन बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौं तथा सनराइज बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट आवेदन दिन सकिन्छ ।

फाइनान्सको शेयर पुस ३० गते प्रतिकित्ता १२३ रुपैयाँ हराहारीमा कारोबार भैरहेको छ ।

गत भदौ ५ देखि असोज ८ गतेसम्म २८१ प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको थियो । फाइनान्सले एक बराबर २.८१ कित्ताको अनुपातमा ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गरेको थियो ।

हकप्रदमा नबिकेको शेयर फाइनान्सले पहिलो पटक मंसिर १० गते देखि मंसिर २४ गते सम्म २१ लाख २० हजार ६०४ कित्ता लिलामीमा ल्याएको थियो । फाइनान्सले सर्वसाधारण समूहको १६ लाख ७१ हजार ९५५ कित्ता र संस्थापक समूहको ४ लाख ४८ हजार ६४९ कित्ता शेयर लिलाम बढाबढमा आवेदन खुला गरेको थियो । त्यस समयमा सर्वसाधारण समुह तर्फको १६ लाख ७१ हजार ९५५ कित्ता मत्तये ३ लाख ४१ हजार ७०० कित्ता शेयरका लागि मात्रै आवेदन परेको थियो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले एक करोड ७८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा रहेको छ । हाल २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको प्रोग्रेशिभको लिलामी शेयर बिक्री भएपछि ८० करोड एक लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।