अरुण काबेलीको साधारण सभा सम्पन्न,माघभित्र विद्युत उत्पादन अर्को वर्ष लाभांश

Jan 14, 2019 Merolagani

अरुण काबेली पावर (AKPL) काे साताैं तथा आठाैं संयुक्त वार्षिक साधारण सभाले सञ्चालक समितिका सदस्यहरुको चयन गरको छ। साधारण सभाले संस्थापक शेयरधनीको प्रतिनित्व गर्ने गरी ३ जना, सर्वसाधारण शेयरधनीवाट २ जना र एक जना स्वतन्त्र संचालक चयन गरेको हो ।

साधारण सभाले संस्थापक समुहको तर्फबाट गुरु प्रसाद न्यौपाने, जिवनराज शाक्य, बच्छराज तातेड, भेजप्रसाद तिमिल्सीना, सर्वसाधारण शेयरधनीको तर्फबाट मिलन खड्का, नोलकुमारी आचार्य (महिलाको प्रतिनिधित्व सहित) र स्वतन्त्रतर्फबाट इन्द्रमणि त्रिताललाइ सर्वसम्वत सञ्चालक समितिमा चयन गरेको हो ।

यस्तै साधारण सभाले आर्थिक वर्ष २०७३/७४ तथा आ.व. २०७४/२०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल गरि स्वीकृत गरेको छ ।

कम्पनीले मेची अञ्चलको पाँचथर र ताप्लेजुङ्ग जिल्लाको सिमाना भएर बहने काबेली नदीको पानीे उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी-१ जलविद्युत परियोजना निर्माण गरिरहेको छ ।

परियोजनाको निर्माण कार्य पूरा गरी विद्युत उत्पादन सुरु गरेको आर्थिक वर्ष २०७६/७७ देखि शेयरधनीहरुले लाभांश वितरण गर्न सकिने कम्पनीले जनाएको छ ।

माघ भित्र विद्युत उत्पादन गर्ने

अरुण काबेलीको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । कम्पनीले पुस ३० गते प्रेस विज्ञप्ती जारी गरी २०७५ माघ भित्रै आयोजनाको निर्माण सम्पन्न भई चालु हुने जनाएको छ ।

परियोजनामा निर्माण गर्नुपर्ने हाईड्रोमेकानिकलको कार्य अन्तर्गत पेनस्टक पाईप, गेट निर्माण तथा जडान, ईलोक्टोमेकानिकल तथा स्विचिङ्ग सवस्टेशनमा लाग्ने मेशिनहरु जडान कार्य सम्पन्न भएको छ । यस्तै काबेली देखि अमरपुर सवस्टेशन सम्मको ४.५ किलोमिटर लामो १३२ के.भी प्रसारण लाईन निर्माण गर्ने कार्य सम्पन्न भई लाईन चार्ज समेत भईसकेको कम्पनीले जनाएको छ ।

परियोजनाबाट उत्पादन हुने विद्युतशक्ति नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ९० किलोमिटर लामो दमक-काबेली (मेची कोरिडर) १३२ के.भी. डवल सर्किट राष्ट्रिय प्रसारण लाईन आयोजना अन्तर्गत पाँचथरको अमरपुर गा.वि.स. स्थित अमरपुर सबस्टेसनमा जडान गरी विद्युत आपूर्ति गर्ने गरी सम्झौता भएको छ ।

यस परियोजनाबाट वार्षिक १४ करोड १७ लाख ४६ हजार ४७० किलोवाट प्रति घण्टा विद्युतशक्ति उत्पादन हुने प्रक्षेपण गरिएको छ । विद्युत बिक्रीको मूल्य वर्षातकाे ८ महिनाको लागि ४ रुपैयाँ ८० पैसा प्रति किलोवाट घण्टा तथा हिउँदका ४ महिनाको लागि ८ रुपैयाँ ४० पैसा प्रति किलोवाट घण्टा कायम गरिएको छ ।

यस आधारमा परियोजना निर्माण सम्पन्न भई सञ्चालन भएको पहिलो वर्ष ७६ करोड आम्दानी प्राप्त हुने र पाँच वर्ष सम्म बार्षिक ३ प्रतिशतका दरले मूल्य वृद्धि हुने कम्पनीको प्रक्षेपण छ ।

२५ मेगावाट क्षमताको काबेली बि-१ जलविद्युत परियोजना निर्माण पूरा गर्न कूल ४६३ करोड लागत लाग्ने अनुमान छ । हाल सम्म परियोजना निर्माणमा ४५४ करोड रुपैयाँ लगानी भईसकेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।