ताइवानलाई सहयोग गरेकोमा चीनद्धारा अमेरिका र भारत सहितका ६ देशलाई चेतावनी

Jan 15, 2019 Merolagani

चीनले पनडुब्बी बनाउनका लागि ताइवानलाई प्रविधि हस्तान्तरण गर्न लागेको विषयलाई लिएर अमेरिका, भारत लगायतका ६ मुलुकलाई चेतावनी दिएको छ। पनडुब्बी निर्माणका लागि ताइवानलाई सहयोग गर्ने कदमबाट यी देशसँगको द्विपक्षिय सम्बन्धमा आघात पुग्न सक्ने चीनले जनाएको छ ।

ताइवानलाई पनडुब्बी निर्माणका लागि प्रस्तावित डिजाइन हस्तान्तरण गर्ने अमेरिका, जापान तथा युरोपेली संघका ६ कम्पनी र कथित रुपमा एउटा भारतीय कम्पनी पनि शामिल रहेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगका अनुसार, बेइजिङ ताइवानलाई हतियार बिक्री गर्ने तथा कुनै प्रकारको सैन्य सम्बन्ध बनाउने देशेको सख्त बिरोध गरेको छ । यो बिरोध स्पष्ट रुपमा कायम रहिरहने छ ।

उनले भने, हामी अमेरिका तथा अन्य देशसँग यस मामलाको संवेदनशीतालाई पूर्ण रुपबाट स्वीकार गर्न अनुरोध गर्छाैँ । हामी चीनको एकल सिद्धान्तको पालना गर्दै ताइवानलाई पनडुब्बी कार्यक्रमको अनुमती प्रदान नगर्ने तथा उसँग कुनै पनि प्रकारको सैन्य सम्बन्ध समाप्त गर्न अपिल गर्छौँ ।

एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।