साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम, माघ १८ गते एजिएम

Jan 16, 2019 Merolagani

साना किसान लघुवित्त वित्तीय संस्था (SKBBL) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने माघ २ गते बुधबार अन्तिम दिन रहेको छ। कम्पनीले बिहीबारदेखि साधारण सभा र लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएकाले लाभांश पाउन आजसम्म शेयरधनी भैसकेको हुनुपर्छ ।

लघुवित्त कम्पनीको माघ १ गते मंगलबार नेप्सेमा प्रतिकित्ता एक हजार ८७ रुपैयाँमा शेयर कारोबार भएको छ ।

लघुवित्तले माघ १८ गते कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान, बोडे भक्तपुरमा बिहान ११ बजे सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सत्रौं वार्षिक साधारण सभामा साना किसानले गत वर्षको कमाईबाट २५ प्रतिशत बोनस र १.३१७ प्रतिशत नगद लाभांश गरि कूल २६.३१७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्दैछ । सभाले ४ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत रहेको छ ।

सभाबाट अनुमोदन भएपछि कम्पनीले १५ करोड ७२ लाख ६ हजार ९८२ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ८२ लाख ७४ हजार ५१ रुपैयाँ नगद लाभांश शेयरधनीलाई बाँड्नेछ ।

हाल ६२ करोड ८८ लाख २७ हजार ९२९ रुपैयाँ रहेको साना किसानको बोनस वितरणपछि ७८ करोड ६० लाख ३४ हजार ९११ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

साना किसानले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड २४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ८८ पैसा कायम गरेको छ । 

comments powered by Disqus