दुई वाणिज्य बैंकको ५ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र आउँदै

Jan 16, 2019 Merolagani

धितोपत्र बोर्डबाट दुई वाणिज्य बैंकले ५ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने अनुमति प्राप्त गरेका छन् । ग्लोबल आईएमई बैंक र एनआईसी एसिया बैंकले ऋणपत्र निष्काशन गर्ने अनुमति पाएका हुन् ।

एनआईसी एसिया बैंकले चार अर्ब रुपैयाँ र ग्लोबल आईएमई बैंकले एक अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न बोर्डले स्वीकृती दिएको हो। दुवै बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यमा ऋणपत्र निष्काशन गर्नेछन् ।

एनआईसी एसिया बैंकले प्रतिकित्ता एक हजार दरले ४० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो। निष्काशन हुन लागेको ऋणपत्रमध्ये ४० प्रतिशत एक अर्ब ६० करोड रुपैयाँ बराबरकाे १६ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

बैंकको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १० प्रतिशत ब्याज अर्धवार्षिक रुपमा प्राप्त गर्न सक्नेछन् र यस डिवेञ्चरको अवधि १० बर्षसम्म रहने छ ।

एनआईसी एसिया बैंक डिवेञ्चर २०८५/८६ को बिक्री प्रबन्धकमा नेपाल एसबिआई क्यापिटल चयन भएको छ।

एनआईसी एसिया बैंकको यो चाैथाैं ऋणपत्र हो। बैंकले यसअघि ३ पटक ऋणपत्र जारी गरिसकेकाे छ । पछिल्लाे पटक बैंकले एक अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको थियो ।

ग्लोबल आईएमई बैंकले पनि एक हजार प्रतिकित्ता अंकित मूल्यमा ३० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ।

निष्काशन हुन लागेको ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात  ६० कराेड  रूपैयाँ बराबरकाे ६ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ। यो ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले बार्षिक १० प्रतिशत ब्याज प्राप्त गर्ने छन् । यसको अवधि ५ वर्ष रहने छ ।

यो ऋणपत्रको नाम ग्लोबल आईएमई बैंक डिवेञ्चर २०८०/ ८१ रहेको छ । जसलाई बिक्री गर्न एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा छनोट गरिएको छ ।

यसअघि कूल निष्काशनको २० प्रतिशत सर्वसाधारणमा निष्काशन गर्नुपर्ने व्यवस्था रहेकोमा धितोपत्र बोर्डले पुस २४ गते मुद्रा तथा पूँजी बजार सम्बन्धि सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गर्दै ऋणपत्र जारी गर्दा जारी रकमको ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तिलाई बिक्री वितरण गर्नका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको हो । यसअनुसार दुबै बैंकको ४० प्रतिशत ऋणपत्र सार्वजनिक निष्काशनमा आउने भएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।