नेपाल र भारतबीचको व्यापारलाई दुई देशको हितमा हुने गरि प्रवर्द्धन गरिने

Jan 16, 2019 Merolagani

नेपाल र भारतबीचको ब्यापारलाई दुई देशको हितमा हुने गरि प्रबर्दन गर्न र व्यापारिक सम्बन्ध प्रगाढ नेपाल चेम्बर अर्फ कर्मश र भारतको ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच सम्झौता भएको छ । नयाँदिल्लीमा भएको समझदारीपत्रमा चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले हस्ताक्षर गरे।

नेपाल चेम्बर र ट्रेड प्रोमोसन काउन्सिलबीच व्यापार प्रबर्दन र व्यापारिक सम्बन्धलाई विस्तार गर्न समझदारी भएको हो । समझदारीपत्रमा ब्यापार, बाणिज्य तथा लगानीसंग सम्बन्धित सुचनाको आदान/प्रदानका गर्ने बिषय समेटिएका छन् ।

यस्तै ‘ट्रेड मिसन’ लाई प्रभावकारी रुपमा अगाडी बढाउन दुइ पक्षीय व्यापारिक प्रतिनिधी मण्डलको आदान÷प्रदान, अन्तराष्ट्रिय सेमिनारको आयोजनाका साथै प्रकाशनका कुराहरु पनि समझदारी पत्रमा समेटिएको चेम्बर अफ कमर्सले जनाएको छ ।

समझदारी पत्रमा चारवटा प्रमुख धाराहरु रहेको छ । पहिलो धारा सहकार्यलाई प्रबर्दन गर्ने, दोस्रो धारा सुचनाको आदान÷प्रदान, तेस्रो ‘ट्रेड मिसन’ र चौथो धारा ब्यापार प्रबर्दनका लागि आयोजना गरिने क्रियाकलापहरुसंग सम्बन्धित रहेको चेम्बर अफ कमर्सको भनाई छ ।

नेपाल चेम्बर अफ कमर्सले अन्तर्राष्ट्रिय ब्यापार र बहु पक्षिय सम्बन्धलाई बिस्तार गर्ने उद्येश्य अनुरुप हालसम्म बिभिन्न देशका ६६ वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजसंगको समझदारी पत्रमा हस्ताक्षर गरिसकेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।