कुल विनियोजित बजेटको २८.८२ प्रतिशत खर्च, पूँजीगत तर्फ १८.१५ प्रतिशत मात्रै

Jan 18, 2019 Merolagani

चालु आर्थिक वर्ष २०७५/७६ को छ महिना वितिसक्दा पनि कुल विनियोजित बजेटको अपेक्षिकृत रुपमा खर्च हुन सकेको छैन् । चालु आर्थिक वर्षको माघ २ गते सम्ममा सरकारले विनियोजित बजेट १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको जम्मा २८.८२ प्रतिशत मात्रै खर्च भएको छ ।

यस अवधिमा कुल विनियोजित बजेटको ३ अर्ब ७९ अर्ब १ करोड ९२ लाख रुपैयाँ खर्च भएको हो ।

 

यस आर्थिक वर्षमा सरकारको पूँजीगत खर्च समेत कमजोर देखिएको छ । चालु आर्थिक वर्षको ६ महिनामा १८.१५ प्रतिशत पूँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ । यस्तै कार्यालयको अनुसार यसअवधिमा सरकारको चालू खर्चको ३५.२३ प्रतिशत खर्च गरेको छ ।

यस अवधिमा सरकारले ५६ अर्ब ९७ करोड ७३ लाख रुपैयाँ मात्रै पूँजीगत खर्च गरेको छ । यस्तै सरकारको चालु खर्च दुई खर्ब ९७ अर्ब ८१ करोड गरेको छ ।

यसैगरी वित्तीय तर्फ २४ अर्ब २२ करोड ४७ लाख रुपैयाँ अर्थात १५.५६ प्रतिशत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक छ । वित्तीय तर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख रुपैयाँ छुट्टाएको छ ।

 

comments powered by Disqus

पूँजीबजारका लगानीकर्ताको आन्दोलन स्थगित

Apr 28, 2024 07:06 AM

आजदेखि शुरु हुने भनिएको पूँजीबजारका लगानीकर्ताहरुको आन्दोलन स्थगित भएको छ। पूँजीबजार सुधार तथा विकासका माग राखि गर्न लागिएको आन्दोलन स्थगित भएको जानकारी पूँजीबजार सुधार संघर्ष समितिका संयोजक उपेन्द्र पाठकले जानकारी दिएका छन्।