अनलाईनको समस्या सुल्झाउन लगानीकर्ताको ध्यानकर्षण, जनशक्ति थपेर समाधान गर्छौ : साउद

Jan 18, 2019 Merolagani

शेयर कारोबारमा स्वचालित अनलाईन प्रणाली शुरु भएपछि निरन्तर देखिएको प्राबिधिक गडबडीका बिषयमा लगानीकर्ताहरुले नेप्सेको ध्यानाकर्षण गराएका छन्। नेपाल इन्भेष्टर्स फोरमले शुक्रबार नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदलाई ध्यानाकर्षण गराएका हो ।

अनलाइन प्रणाली शुरु भएयता अर्डर बुक सर्च अप्सनमा नदेखाउने, कारोवार भएको रकम फ्लोरसीटमा नदेखिने,एकै कारोबारमा शेयर मूल्य दश प्रतिशत भन्दा धेरैले बढ्ने र घट्ने, उपसमूहको कुल कारोबार जोड्दा कुल कारोबारको रकमसँग मेल नखाने लगायतका प्राविधिक त्रुटी नेप्सेको प्रणालीमा देखिने गरेको लगानीकर्ताको भनाई छ ।

कतिसम्म भने अप्पर तामाकोसीको मूल्य एकैदिनमा ५० प्रतिशतसम्म बढेपछि नेप्सेले प्राबिधिक समस्याको कारण देखाउँदै सो दिनको कारोवार रद्ध गरेको थियो । माथि उल्लेखित सबै समस्यामा नेप्सेले प्राबिधिक समस्या भएकोले केही समयमा सुधार हुन्छ भन्दै उम्कने गरेको छ ।

फोरमका प्रतिनिधिहरुले नेप्से महाप्रवन्धक साउदलाई सर्बसाधारणका लगानीमाथि खेलवाड नगर्न चुनौति दिँदै गंभीर प्राबिधिक त्रुटीलाई प्राबिधिक समस्या भनेर नउम्कन दवाब दिए ।

प्राविधिक समस्या लिएर नेप्सेमा सम्पर्क गरी जानकारी लिन खोज्ने लगानीकर्तालाई नेप्सेबाट थर्काउने काम हुने गरेकोमा फोरमले आपत्ति जनाएको छ ।

छलफलमा सहभागी फोरमका अन्जीव तुलाधरका अनुसार अनलाइन प्रणाली शुरु भएपछि लगानीकर्ताको डिम्याट एकाउण्टको लिन्क सकै ब्रोकर कार्यालयमा खोल्न मिल्ने प्रबिधि बनाउनु ल्याइनुपर्ने, अलनाइन कारोवार प्रणालीको मोवाइल एप्स बनाइनुपर्ने, म्यानुवल र रियल कारोवार प्रणालीले नै छुट्टाएर देखाइनुपर्ने लगायतका माग गरिएको जानकारी दिए ।

प्रत्युत्तरमा महाप्रवन्धक साउदले नेप्सेले प्राबिधिक पक्ष हेर्ने थप जनशक्ति व्यवस्थापन गरेको जानकारी दिए । उनले आगामी दिन प्रणालीमा समस्या हुन नदिने र फोरमले राखेका सबै प्राबिधिक सुझावलाई सम्वोधन गर्ने विश्वास दिलाए ।

साउदले सेयर मूल्यको ओपन हाइ लो क्लोजमा देखिएको समस्या अर्को हप्ताको बिहीवार भित्र समाधान हुने बताए ।

प्रतिनिधि मण्डलले राष्ट्र बैंक र धितोपत्र बोर्डको परिपत्र भएर पनि किन बैंकहरुलाई ब्रोकर लाइसेन्स नदिएको भनेर प्रश्न गरेको थिए। सो बिषयमा अध्ययन समितिले काम गरिरहेको र सोको सुझाव अनुसार केहीदिन भित्र नेप्सेले सूचना जारी गर्ने साउदले जानकारी दिए।

नेप्सेको प्रणालीमा देखिएको तथ्याङ्कगत समस्याले नेप्से कै डाटा प्रयोग गर्ने कैयन व्यवसायिक प्रतिष्ठानहरुका तथ्यांक समेत गडबड हुने गरेको लगानीकर्ता बताउँछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।