घुस मागेको अभियोगमा पक्राउ

Jan 19, 2019 RSS

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब डिभिजन कार्यालय भजनी कैलालीमा कार्यरत फरेष्टर हरिशचन्द्र कुमारलाई घुस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको छ ।

सामुदायिक वनबाट उपभोक्तासँग दाउरा उपलब्ध गराउन सहज वातावरण बनाइदिने भन्दै सेवाग्राहीसँग रु दश हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले आज कार्यालय नजीकैबाट पक्राउ गरेको हो । आरोपी कुमारको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए।

यस्तै आयोगले शुक्रबार इलाका प्रशासन कार्यालय सिमरामा कार्यरत सहायक कम्प्युटर अपरेटर राज्यनारायण साह विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नागरिकताको प्रमाणपत्र बनाउन पुगेका एक सेवाग्राहीसँग साहले घुस मागेको अभियोग लागेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।