सहुलियत व्याजमा ऋण लिनेको सङ्ख्यामा बढ्दै, कृषि कर्जामा १४ अर्ब ३९ लगानी

Jan 19, 2019 RSS

सरकारले दिएको सुविधाको उपभोग गरी कृषि तथा पशुपक्षी व्यवसायमा कर्जा लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको पछिल्लो आर्थिक विवरणमा गत मङ्सिर मसान्तसम्म नौ हजार ७४९ जनाले कृषि कर्जा लिएको पाइएको छ। सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै पाँच प्रतिशत व्याज अनुदान दिएको छ ।

राष्ट्र बैंकको विवरणअनुसार कृषि कर्जामा १४ अर्ब ३९ करोड रुपैयाँ बराबरको लगानी भएको छ । कृषि क्षेत्रलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउने लक्ष्यका साथ सरकारले व्याज अनुदान दिँदै आएको छ। उक्त कर्जा लिएका व्यक्तिबाट ७५ करोड ८२ लाख रुपैयाँ बराबरको व्याज अनुदान प्रदान गरिएको छ ।

यस्तै उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गरिने पुनःकर्जाको उपयोगसमेत बढेको छ ।
गत मङ्सिर मसान्तसम्ममा राष्ट्र बैंकले १६ अर्ब ७० करोड रुपैयाँ पुनःकर्जा लगानीमा गरेको छ । भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनः कर्जाको बक्यौता गत मङ्सिर मसान्तसम्ममा दुई अर्ब ४२ करोड रुपैयाँ रहेको छ । त्यस्तो कर्जा लिनेको सङ्ख्या एक हजार ५३४ जना रहेका छन् ।

comments powered by Disqus

सिटिजन लाइफको लाभांश घोषणा

May 06, 2024 09:47 AM

सिटिजन लाइफ इन्स्योरेन्स (CLI) ले शेयर प्रिमियम रकमबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।